PahiloPost

Sep 24, 2024 | ८ असोज २०८१

दुबोको माला लगाएर प्रधानमन्त्री ओलीले गरे पदबहाली, शितलनिवासबाट लैनचौर त्यहाँबाट चम्पादेवी अनि बल्ल सिं‌हदरबार



दुबोको माला लगाएर प्रधानमन्त्री ओलीले गरे पदबहाली, शितलनिवासबाट लैनचौर त्यहाँबाट चम्पादेवी अनि बल्ल सिं‌हदरबार

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरे। दुबोको माला लगाएर गएका प्रधानमन्त्रीलाई मुख्य सचिव लोकदर्शन रेग्मीलगायतले स्वागत गरेका थिए। 

सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठकपछि ओलीले पाँच बुँदे निर्णयमा हस्ताक्षर पनि गरे। 

शितल निवासमा अपराह्न ४ बजे हुने भनिएको नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण एक घण्टाभन्दा ढिलो भएको थियो।

त्यसलगत्तै प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद उद्यान पुगी पुष्पगुच्छा चढाई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे। प्रधानमन्त्री ओलीसँगै नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि साथमा थिए।

लैनचौरबाट प्रधानमन्त्री कीर्तिपुरस्थित चम्पादेवी पुगे। त्यहाँ उनलाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरे। प्रधानमन्त्री ओलीले  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेपछि त्यहाँबाट सिंहदरबार पुगे। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell