PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५

टेलिकमको नयाँ अफर - २५ रुपैयाँमा एक घण्टासम्म जति पनि डाटा चलाउन, एसएमएस पठाउन र कुरा गर्न सकिने


टेलिकमको नयाँ अफर - २५ रुपैयाँमा एक घण्टासम्म जति पनि डाटा चलाउन, एसएमएस पठाउन र कुरा गर्न सकिने

काठमाडौँ : प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले ‘फ्रिडम प्याक’ अफर ल्याएको छ। 

जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले यो अफरअन्तर्गत फ्रिडम प्याक लिएको समयबाट एक घण्टासम्म कम्पनीको नेटवर्कभित्र जति पनि डाटा चलाउन, एसएमएस गर्न र कुरा गर्न सकिने छ। 

सो प्याक आजदेखि आगामी मंगलबारसम्म खरिद गर्न सकिने छ। एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ। तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ।

प्याक बिना टेलिकमको जिएसएम मोबाइलबाट कुरा गर्दा पोस्टपेडमा प्रति मिनेट १ रुपैयाँ र प्रिपेडमा १ रुपैयाँ ५० पैसा शुल्क लाग्छ। यसमा कर जोडिएको छैन। एक घण्टा प्याक लिएर कुरा गर्दा पोस्टपेडमा ३५ रुपैयाँ र प्रिपेडमा ६५ फाइदा हुन्छ। २५ रुपैयाँको प्याक भने करसहितको हो।  

यो प्याक लिन जिएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ। त्यसैगरी सिडिएमए मोबाइलमा प्याक लिन FDPACK लेखेर १४१५ मा डायल गर्न सकिन्छ। 
 



टेलिकमको नयाँ अफर - २५ रुपैयाँमा एक घण्टासम्म जति पनि डाटा चलाउन, एसएमएस पठाउन र कुरा गर्न सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट