PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

बालुवाटार बैठकपछि प्रचण्डले खोले लिखितमा नभएको समझदारी, आलोपालो प्रधानमन्त्री बारे प्रश्नको जवाफ हाँसेर टारे



बालुवाटार बैठकपछि प्रचण्डले खोले लिखितमा नभएको समझदारी, आलोपालो प्रधानमन्त्री बारे प्रश्नको जवाफ हाँसेर टारे
फाइल फोटो

काठमाडौँ : दुई पार्टी एक हुने गरी नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर गरेर बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिखित सहमतिमा उल्लेख नभएका समझदारी खोले।

सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले भने, 'दुवै दलका अध्यक्ष एकता महाधिवेशनसम्म रहने प्रष्टै छ।' उनले पार्टीका बैठकहरुमा पालैपालो अध्यक्षता गर्ने पनि खुलाए। 

दुई दलबीचको सात बुँदे सहमतिमा भने यो विषय उल्लेख छैन। 


प्रधानमन्त्रीको विषयमा सोधिएको प्रश्नमा उनले केपी ओलीजी प्रधानमन्त्री भइसक्नुभएको छ भने। आलोपालो हुने बारे सोधिएको प्रश्नमा प्रचण्डले हाँसेर टारे। सरकारमा माओवादीको सहभागिता हुन्छ भनेर सोधिएको प्रश्नमा उनले अब दुवै पार्टी एक भइसक्यो भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell