PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मनोज पुन इन्काउन्टर : मानवअधिकार आयोगले थाल्यो छानबिन



मनोज पुन इन्काउन्टर : मानवअधिकार आयोगले थाल्यो छानबिन

काठमाडौं: बुधबार प्रहरी इन्काउन्टर मारिएका गुन्डा नाइके मनोज पुन र सोमबहादुर आलेको विषयमा लिएर राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ। 

आयोगकी प्रवक्ता मोहना अन्सारीले घटनाको विषयमा बुटवलमा रहेको मानवअधिकारको कार्यालयलाई सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा दिइएको बताए। 

शाखाका अधिकृत चन्द्रकान्त चापागाइँले अनुसन्धान सुरु भइसकेको बताए। 'हामीले घटनास्थलको अवलोकन गर्दै केही आफन्तसँग कुराकानी गरिरहेका छौं,' उनले भने। 

आयोगले अनुसन्धान शुरु गर्ने भएपछि मृतकका आफन्तले बुधवार शव बुझेर अन्त्येष्टि गरिसकेका छन्। यसअघि  उनीहरुले शव बुझ्न अस्वीकार गरेका थिए। 

बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुर ४ मा प्रहरीको इन्काउन्टरमा पुन र आलेको मृत्यु भएको थियो।

सम्बन्धित समाचार
मनोज पुन 'इन्काउन्टर': मान्न नसकिने तर मान्नै पर्ने 'मुठभेड'
मुख्य आरोपी जोगाएर मनोज पुनको 'फेक इन्काउन्टर' :  प्रहरीमाथि तेर्सिएका प्रश्न

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell