PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दुई सय युवासित गोप्य सहमति गर्दै काठमाडौं प्रहरी



दुई सय युवासित गोप्य सहमति गर्दै काठमाडौं प्रहरी

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौंले २ सय जना युवालाई खबरीको रुपमा खटाउने भएको छ। 

अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग गोप्य सहमति हुन लागेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। 

उनले भने, 'प्रहरीमा सूचनाको अभाव हुँदा अपराध बढ्दै गएका छन्। अगाडि नै सूचना पाए घटना रोक्न सकिन्छ, त्यसैका लागि युवा परिचालन गर्न लागेका हौं।'

राजधानीमा विभिन्न पेशा, संस्था र विद्यालयमा आवद्ध युवालाई ‘खबरी’को रुपमा परिचालन गर्न लागिएको हो। यसका लागि उनीहरुसित विभिन्न दुई चरणमा वार्तासमेत गरिसकेको उनले जानकारी दिए। 

आइतबार नै  युवा र प्रहरीबीच सहमति हुने एसएसपी पोखरेलले बताए।

प्रहरीलाई सुराकी दिने युवाको समूहमा ट्याक्सी चालकदेखि चिकित्सकसम्म रहेका छन्। सुराकी दिँदा लाग्ने खर्च र सुरक्षाको ग्यारेन्टी भने प्रहरीले गर्ने पोखरेलले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell