PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

राष्ट्रपति विद्या भण्डारी कि झलनाथ खनाल? एमाले स्याथी समितिले निर्णय गर्दै



राष्ट्रपति विद्या भण्डारी कि झलनाथ खनाल? एमाले स्याथी समितिले निर्णय गर्दै

काठमाडौँः भावी राष्ट्रपतिको उम्मेदवार छनोटका लागि नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दैछ। उम्मेदवारमा सहमति नभए बहुमतीय प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने तयारी छ।

राष्ट्रपतिमा एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व अध्यक्ष झलनाथ खनालको दावी छ। राष्ट्रपति निर्वाचनको मनोनयन बुधबार हुँदैछ। मनोनयनअघि उम्मेदवार छनोटका लागि स्थायी समिति बस्न लागेको हो।

वर्तमान राष्ट्रपति भण्डारी र पूर्व अध्यक्ष खनाल दुवैले आफ्नो उम्मेदवारीको लविङ बढाइरहेका छन्। गुटगत रुपमा भण्डारीलाई अध्यक्ष ओली समूहको समर्थन छ। खनालको पक्षमा वरिष्ठ नेता माघवकुमार नेपाल समूहले समर्थन गरेको छ। यद्यपि नेपाल स्वयंमले भने खनालको नाममा कुनै प्रतिक्रिया जनाएका छैनन्।

२६ सदस्यीय एमाले स्थायी समितिमा २२ मताधिकार प्राप्त छन्। चार मनोनीत नेतालाई मताधिकार छैन। भण्डारी र खनालका पक्षमा गुटगत अंकगणितमा ठूलो अन्तर छैन्। पार्टी अध्यक्षको समर्थन भएका कारण भण्डारीलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ। यद्यपि स्थायी समितिको संरचना अनुसार खनालको दावी पनि सशक्त छ।

पछिल्लो समय अध्यक्ष ओलीसँग केही टाढिएका उपाध्यक्ष बामदेव गौतम र उनीनिकट स्थायी समिति सदस्यको भूमिका उम्मेदवार छनोटमा निर्णय हुने देखिन्छ। गौतमले ओलीलाई साथ दिएमा बहुमतीय आधारमा भए पनि भण्डारी नै राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बढी छ। स्थायी समितिका अर्का सदस्य किरण गुरुङ पनि गौतमनिकट मानिन्छन्।

तर, गौतमले अध्यक्ष ओलीलाई साथ नदिएमा राष्ट्रपति उम्मेदवारमा खनालको सम्भावना पनि उत्तिकै देखिन्छ। माधव नेपाल तथा बामदेव गौतम समूहको साथ पाएमा बहुमतीय प्रक्रियाबाट उम्मेदवार बन्ने खनालको बाटो पनि बलियो छ।   

 

‘एमालेको निर्णयमा पुनको भविश्य’

वाम गठबन्धनबीच भने राष्ट्रपति उपराष्ट्रपति दोहोर्‍याउने सहमति छ। तर, एमालेबाट वर्तमान राष्ट्रपति भण्डारीको सट्टामा अन्य उम्मेदवार बनेको अवस्थामा माओवादी केन्द्रले पनि उपराष्ट्रपतिका लागि नयाँ उम्मेदवार खोज्नु पर्नेछ। किनकि संवैधानिक प्रावधान अनुसार राष्ट्रपति उपराष्ट्रपति फरक लिंगको हुनु पर्नेछ।

एमालेले भण्डारीलाई नै उम्मेदवार बनाएको अवस्थामा माओवादी केन्द्रबाट नन्दबहादुर पुन नै उपराष्ट्रपति उम्मेदवार हुने करिव निश्चित छ। तर, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समूहले भने अमिक शेरचनलाई उपराष्ट्रतिको उम्मेदवार बनाउनु पर्ने लविङ गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell