काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनामा ३९ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार ३१ जनाको घटनास्थलमै मृत्यु भएको हो। ८ जनाको उपचारका क्रममा निधन भएको र ३३ जनाको उपचार भइरहेको उनले जानकारी दिए।
'मृत्यु हुनेहरुमा कति नेपाली र कति विदेशी नागरिक रहेको सनाखत हुन सकेको छैन', उनले पहिलोपोस्टलाई भने।
विमानमा चालक दलसहित ७१ जना सवार थिए।
सम्बन्धित समाचार: