PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपालले पहिलो पटक पायो ओडिआई स्ट्याटस, ऐतिहासिक उपलब्धी



गोविन्दराज नेपाल

नेपालले पहिलो पटक पायो ओडिआई स्ट्याटस, ऐतिहासिक उपलब्धी

काठमाडौं : २२ वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको छ। जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफमा नेरल्याण्ड्सले हङकङलाई हराएपछि नेपालले ओडिआई स्ट्याटस पाउने पक्का भएको हो। त्यसअघि भएको प्लेअफमा नेपालले पिएनजीलाई ६ विकेट हराउँदै उक्त सफलता नजिक पुगेको थियो।
अब जिम्बावेमा क्वालिफायर सकिएपछि नेपाल औपचारिक रुपमा ओडिआई क्रिकेट नेशन हुनेछ।
 

क्वालिफायरमा चार टेष्ट स्ट्याटस प्राप्त राष्ट्रसँगै कूल १० टिमले प्रतिस्पर्धा गरेका थिए। चार टेष्ट नेशन बाहेक नेदरल्याण्डस र अन्य ३ उत्कृष्ट एसोसिएट राष्ट्रले पनि ओडिआई स्ट्याटस हात पार्ने आइसीसीले जनाएको थियो। जसअनुसार सुपर सिक्समा पुगेका स्कटल्याण्ड र युएईले यसअघि नै ओडिआई स्ट्याटस रक्षा गरिसकेका छन्। सुपर सिक्स पुग्न असफल रहेपनि नेदरल्याण्ड्सले गत वर्ष वर्ल्ड क्रिकेट लिग च्याम्पियन जितेका कारण ओडिआई स्टयाटस पक्का गरिसकेको छ।

त्यसबाहेक सुपर सिक्स नपुगेका नेपाल, हङकङ र पपुवा न्युगिनीमध्ये एक टिमले मात्र ओडिआई स्ट्याटस हात पार्थे। पिएनजी र हङकङ पराजित भएपछि नेपालले पहिलो पटक उक्त उपलब्धी हात पारेको हो।

आइसीसीको १२ फुल मेम्बर टिम, १३औँ ओडिआई टिम नेदरल्याण्ड्ससँगै स्कटल्याण्ड, युएई र नेपाल आइसीसीको ओडिआई स्ट्याटस प्राप्त राष्ट्रका रुपमा रहनेछन्। १२ फुल मेम्बर बाहेक बाँकी चार राष्ट्रले आगामी चार वर्षको लागि ओडिआई स्ट्याटस प्राप्त गर्नेछन्।

प्लेअफमा पराजित भएको हङकङ र पिएनजीले भने ओडिआई स्ट्याटस गुमाएको छ। साथै यी दुई टिमले अब नवौँ स्थानको लागि प्लेअफ खेल्नेछन्। र दुवै टोली डिभिजन टू मा घटुवा भएको छ।

सन् १९९६ मा आइसीसीको एसोसियत स्ट्याटस पाएको नेपालले यसअघि टी-२० इन्टरनेशनल स्ट्याटस समेत पाएको थियो। सन् २०१४ को टी-२० वर्ल्डकप समेत खेलेको नेपालले त्यसको अर्को वर्ष नै उक्त स्ट्याटस गुमायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell