PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​लाङटाङको हिमपहिरोमा हराएका थप ५ को शव भेटियो



​लाङटाङको हिमपहिरोमा हराएका थप ५ को शव भेटियो
फाइल फोटो

काठमाडौं : रसुवाको लाङटाङमा प्रहरीले थप ५ जनाको शव फेला पारेको छ।

वैशाख १२ गतेको ठूलो भूकम्पपछि आएको ठूलो हिमपहिरोमा पुरिएर हराइरहेका मध्ये थप ५ जनाको शव भेटिएको रसुवाका प्रहरी प्रमुख प्रविन पोखरेलले जानकारी दिए। तीमध्ये एक जना फ्रान्सेली नागरिक फ्लोरेन्सको भएको र अरु चार जनाको सनाखत हुन नसकेको उनले बताए।

मंगलबार भेटिएको सबै ५ वटा शव काठमाडौं ल्याइएको छ। ती शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। शव पहिचानका लागि उनीहरुको डिएनए परीक्षण गरिनेछ।

भूकम्पपछि आएको ठूलो हिमपहिरोले पुरिएर तथा घरहरु भत्केर पर्यटकीय क्षेत्र लाङटाङबाट हराएकाहरुमध्ये प्रहरीले यसअघि नै ५० भन्दा बढी शव फेला पारेको थियो।

पुरिएर मर्नेहरुमा स्थानीय वासिन्दासँगै पर्यटकहरु पनि रहेका छन्। अहिले त्यस ठाउँमा मानिस बस्न नसक्ने अवस्था भएपछि कतिपय स्थानीय वासिन्दालाई उद्दार गरेर काठमाडौं ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell