PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भूकम्पको मारमा मच्छिन्द्रनाथको जात्रा : रथ नयाँ बनाएर मात्र जात्रा सुरु हुने



ललितपुर : लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथको रथलाई पुनःनिर्माण गरेरमात्र सञ्चालन गर्नुपर्ने भएको छ । 

गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार रथलाई एकै स्थानमा दुई महिना रोकिसकेको र अझै एक महिना मलमास परेकाले रथजात्रा पुनः रोकिने भएकाले पुनःनिर्माण गरेरमात्र रथजात्रा सुरु गर्ने तयारी भएको हो । 

यस वर्षका लागि गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथजात्रा सुरु गरेकोे भए पनि १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण जात्रा स्थगित भएको रथजात्रा मलमासका कारण फेरि स्थगित भएको छ । 

अहिलेसम्ममा रथमा खासै ठूलो समस्या देखा नपरेपनि रथ कोल्टे परेको छ । यस वर्ष १२ वर्षको मेला परेकाले रथलाई निर्माण गरिएको स्थान बुङ्मतीबाट तानी पुल्चोक ल्याउनुपर्ने हुँदा लामो बाटो र लामो समय रथलाई रोक्नुपर्दा पुनःनिर्माण गर्नुपरेको रथ निर्माणकर्मी दिलकुमार बाराहीले जानकारी दिए। 

यस वर्ष १२ वर्षको विशेष मेला परेकाले रथको सम्पूर्ण भाग नयाँ निर्माण गरिएको थियो । रातो मच्छिन्द्रनाथको रथ अहिले ललितपुरको छसिकोटमा रहेको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell