PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एसएलसीमा सबभन्दा बढी विद्यार्थी कुन विषयमा फेल?



भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको २०७१ सालको प्रवेशिका परीक्षाको नतिजामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ७० हजार ५७ परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

त्यसपछि क्रमश: विज्ञानमा ५६ हजार १०४, अङ्ग्रेजीमा २८ हजार ४० र सामाजिक शिक्षामा २१ हजार ७१३ परीक्षार्थी अनुत्तीर्ण भएका छन्। 


सबभन्दा बढी विद्यार्थी पास हुने जिल्ला भक्तपुर भएको छ। 

परीक्षाको नतिजाअनुसार भक्तपुरले ८७.७४ प्रतिशत, मुस्ताङले ८७.५७, ललितपुरले ८६.३२, र काठमाडौँले ८५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए। 


परीक्षामा देशभरबाट २२१ विद्यालयको नतिजा शून्य आएको छ। 

​दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि आगामी साउन २० गतेदेखि पुनः परीक्षा हुँदैछ । परीक्षामा एक विषयमा अनुत्तीर्ण हुने ५५ हजार ४७४ तथा दुई विषयमा अनुत्तीर्ण हुने एक लाख ३७ हजार ५५४ परीक्षार्थी सामेल हुने छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell