PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​प्रधानमन्त्रीको ट्विटर एकाउण्ट ह्याकरको कब्जामा



​प्रधानमन्त्रीको ट्विटर एकाउण्ट ह्याकरको कब्जामा

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाको ट्विटर एकाउण्ट ह्याकरले नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब ५ वजेदेखि प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डल @PM_nepal आफुहरुको कन्ट्रोलभन्दा बाहिर पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले जानकारी दिए।

'प्रधानमन्त्री ज्यूको ट्विटर एकाउण्ट आज बिहानदेखि कन्ट्रोलभन्दा बाहिर गएको छ' उनले भने 'मैले बिहान ६ बजे हेर्दा हाम्रो नियन्त्रण बाहिर गएको करिब एक घण्टा भएको रहेछ।'


प्रधानमन्त्रीको ट्विटर एकाउण्टमा ह्याकरले लेखेको सन्देश

प्रधानमन्त्रीको ट्विटर एकाउण्टमा सबैभन्दा पछिल्लोपटक गएराती नेपालको पुनर्निर्माण र अन्तर्राष्ट्रिय दातृ सम्मेलनको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग गरेको छलफलको तस्बि पोष्ट गरिएको छ।

त्यसपछि बुधबार बिहान ह्याकरले प्रधानमन्त्रीको ट्विटर एकाउण्ट ह्याक भएको जानकारी सहितको स्टाटस पोस्ट गरेको थियो जुन पछि हटाएको छ।

प्रधानमन्त्रीको ट्विटर एकाउण्टलाई डिसएबल गर्ने वा त्यसलाई आफुहरुको कन्ट्रोलमा ल्याउने प्रयास भइरहेको प्रेस सल्लाहकार प्रधानले जानकारी दिए।

एकाउण्ट ह्याक भएको बेला अर्को ह्याण्डल सञ्चालनमा ल्याइएको भन्दै  @PM_nepal2 ले ट्विट गरेको छ। तर अहिले अरु कुनै ट्विटर एकाउण्ट नबनाएको र कुनै सञ्चालनमा रहेको भए आधिकारिक नभएको प्रधानले प्रष्ट पारे।


प्रधानमन्त्री सुशील कोइरालाले १३ दिन अघि ट्विटर एकाउण्ट सञ्चालनमा ल्याएका थिए। उनको फलोअर संख्या ११ हजार ५ सय भन्दा बढी पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell