PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

​राखेप सदस्य सचिवमा केशवकुमार विष्ट नियुक्त



​राखेप सदस्य सचिवमा केशवकुमार विष्ट नियुक्त

काठमाडौं: युवा तथा खेलकूद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा केशवकुमार विष्टलाई नियुक्त गरेका छन्। विष्ट नेपाल नेपाल सेपाकटात्रो संघका अध्यक्ष रहेका थिए। विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार सदस्य सचिवमा नियुक्त गरेको युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद पौडेलले बताए।

राष्ट्रिय खेलकूद परिषदका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ अनुसार पहिला राखेप सदस्यमा नियुक्त गरेको पौडेलले बताए। बिहीबारै सदस्यमा नियुक्त विष्टलाई मन्त्री पौडेलले बिहीबारै सदस्य सचिवमा नियुक्त गरेका हुन्। 'राखेप सदस्य मध्येबाट सदस्य सचिव नियुक्ति गर्न पाउने अधिकार हुन्छ,' प्रवक्ता पौडेलले भने, 'राखेप सदस्य बनाएपछि उहाँलाई ऐनको दफा ३ को उपदफा ३ अनुसार सदस्यसचिवमा नियुक्त गरिएको हो।' 

गएको जेठ २८ मा सदस्य सचिवमा युवराज लामाको कार्यकाल सकिएपछि निमित्त सदस्य–सचिवको रुपमा एमालेकै सकुन्तला नगरकोटीले जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। 

विष्ट एमाले कार्यकर्ता हुन्। विष्ट एमाले कार्यकर्ता हुन्। उनी माधवकुमार नेपाल पक्षधर हुन्। सन् २०१२ मा भएको नेपाल खेलकुद महासङ्घ (नेकोस)को प्रथम राष्ट्रिय महासम्मेलनमा विष्ट प्रथम उपाध्यक्ष बनेका थिए।

त्यस्तै मन्त्री पौडेलले बिहीबार नै नेपाल पौडी संघको सिफारिसमा राजेन्द्र श्रेष्ठ र अखिल नेपाल फुटबल संघको सिफारिसमा समिउल्लाहलाई राखेपको सदस्यमा नियुक्त गरेका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell