PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

​कल्याण श्रेष्ठले लिए प्रधानन्यायधीशको सपथ



​कल्याण श्रेष्ठले लिए प्रधानन्यायधीशको सपथ

काठमाडौं: प्रधान न्यायधीश कल्याण श्रेष्ठले बुधबार आफ्नो पदको सपथ ग्रहण गरेका छन्। संवैधानिक परिषदको सिफारिसमा बुधबार राष्ट्रपतिबाट प्रधान न्यायधीशमा नियुक्त श्रेष्ठलाई राष्ट्रपति रामवरण यादवले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

बुधबारै प्रधानन्यायधीशको पदभार समेत श्रेष्ठले ग्रहण गरेका छन्।

संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर अनुमोदन गरेको थियो। श्रेष्ठले संसदीय सुनुवाई समितिलाई संविधान निर्माणको बारे पाठ पढाएका थिए। 

यसअघिका प्रधान न्यायाधीश रामकुमार प्रसाद शाहले उमेर हदका कारण असार २३ गते अवकाश पाउने भएपछि त्यसपछिका प्रधानन्यायाधीशका लागि श्रेष्ठलाई सिफारिस गरिएको हो। 

को हुन् कल्याण् श्रेष्ठ?

झण्डै ४० वर्षअघि सर्वोच्च अदालतमा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका श्रेष्ठ जिल्ला न्यायाधीश, कानुन मन्त्रालयका उपसचिव,  जनकपुर अञ्चल अदालतका न्यायाधीश, बिभिन्न पुनरावेदन अदालतमा न्यायाधीश र मुख्य न्यायाधीश हुँदै १० वर्षअघिदेखि सर्वोच्च अदालतमा न्यायाधीश छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक,  नेपाली र राजनीति शास्त्रमा स्नातकोत्तर र नेदरल्याण्डसको इनष्टिच्युट अफ सोसल साइन्सबाट  अन्तर्राष्ट्रिय कानुन तथा विकासमा पोष्ट ग्र्याजुएट गरेका छन्। न्यायाधीश समाजका अध्यक्ष रहेका श्रेष्ठ नेपालको न्यायपालिकाको रणनीतिक योजना सुधार तर्जुमा तथा कार्यान्वयन समितिका संयोजक समेत हुन्।

उनी सरकारले २०७० सालमा भएको संविधानसभा निर्वाचनमा भएको धाँधली छानविन गर्न सरकारले गठन गरेको संविधानसभा अदालतका अध्यक्ष पनि हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell