PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भूकम्पको मौका छोपी ४३ तोला सुनको गहना चोर्ने पक्राउ



​काठमाडौँ : गएको वैशाखमा भूकम्प गएको मौका छोपी सहकारी संस्थाबाट ४३ तोला सुन र ७ लाख नगद चोरेको अभियोगमा प्रहरीले एक २२ वर्षीय युवकलाई पक्राउ गरेको छ। 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सामाखुशी बस्ने नुवाकोट भाल्चे–९ घर भएका २२ वर्षीय तिलक भन्ने राजु तामाङलाई महानगरीय अपराध महाशाखाले मंगलबार सामाखुशीबाट पक्राउ गरेको हो। 

काठमाडौं महानगरपालिका–२९ सामाखुशी चोकमा संचालित जनमिलन सहकारी संस्थाबाट ७ लाख १ सय ७० रुपैयाँ र सुनका गहना अन्दाजी ४३ तोला चोरी भएको घटनाको अनुसन्धानका तामाङको संलग्नता देखिएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको बताएको छ। 

​तामाङलाई कानुनी कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell