PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​खोलामा ट्रक खस्दा १ को मृत्यु, २ गम्भीर घाइते



​खोलामा ट्रक खस्दा १ को मृत्यु, २ गम्भीर घाइते

चितवन : चिवतनको कविलासस्थित रिद्धिखोलाको पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। 

बिहीबार राति पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ८९५७ नम्बरको ट्रक कविलास गाविसमा रिद्धिखोला पुलबाट खस्दा मृत्यु हुने पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ। 

दुर्घटनामा परी मकवानपुर भीमफेदीका २२ वर्षीय युवराज श्रेष्ठ र रौतहट बस्ने २६ वर्षीय पन्नालाल यादव गम्भीर घाइते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell