PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​यार्सा संकलकको हत्या आशंकामा ३२ जना पक्राउ



​यार्सा संकलकको हत्या आशंकामा ३२ जना पक्राउ

भीमदत्तनगर : यार्सागुम्बा सङ्कलन गर्न बझाङको उच्च हिमाली भेग काँडा गाविस–३ को राइढुङ्गी लेक पुगेका युवक धर्म बोहरा मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि ३२ जनालाई पक्राउ गरेको छ।

गत शनिबार यार्सा सङ्कलनका क्रममा आफ्नो डेराबाट एक घन्टाको पैदल दूरीमा बोहरा मृत अवस्थामा भेटिएका थिए। दुई दिनको पैदल यात्रापछि घटनास्थल पुगेको सीमा प्रहरी चौकी धुलीका सई धर्मानन्द जोशी नेतृत्वको टोलीले बोहरासँगै यार्सा संकलनका लागि गएका अरु ३२ जनालाई पक्राउ गरेको हो।

मृतकका साला रामचन्द्र धामी, भाइ सबिन बोहरा र गणेश बोहराले उनीसँग नगद पाँच लाखसमेत साथमा रहेको प्रहरी समक्ष जानकारी दिएका थिए। सो रकमसमेत फेला नपरेको प्रहरीको भनाइ छ। “संलग्नताका आधारमा पक्राउ गरी अनुसन्धान थालेका छौँ”, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले भने “अनुसन्धानपछि मात्रै घटनाको बारेमा थाहा हुन्छ।” रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell