PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​छोरी जन्माएर भीरबाट फाल्ने आमा पक्राउ



काठमाडौं : आफैले जन्माएको छोरी मारेर फाल्ने सोताङ–९ की २७ बर्षकी कमला विकलाई प्रहरीले पक्राउ गरेको छ। उनले साउन १० गते विहान घर छेउको बारीमा जन्माएको छोरी मारेर सोही ठाउँको लबुवा भीरमा लगेर फालेकी थिइन्।

खबर पाएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहीबार उनलाई पक्राउ गरेको हो। शिशुको शव प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell