PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​पूर्व राजा ज्ञानेन्द्रलाई ‘माइल्ड हर्टअट्याक’, अवस्था खतरामुक्त



​पूर्व राजा ज्ञानेन्द्रलाई ‘माइल्ड हर्टअट्याक’, अवस्था खतरामुक्त
तस्बिरः ennnepal.com

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह हृदयाघात भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई शनिवार राति साढे १० बजे काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको अस्पताल श्रोतले जानकारी दियो।

उनको अवस्था खतरामुक्त छ। ‘उहाँलाई माइल्ड हर्टअट्याक (हृदयाघात)  भएको हो’, श्रोतले भन्यो, ‘मुटुका धमनीमा समान्य रोकावट हुँदा यस्तो समस्या हुन्छ।‘

उनको राति पौने ११ बजेसम्म चिकित्सक टोलीले उपचार गरेको थियो। 
श्रोतका अनुसार उनी अहिले बेडमा फर्किसकेका छन्। ‘उहाँ अहिले बेडमा हुनुहुन्छ’, अस्पताल श्रोतले भन्यो, ‘उहाँको अवस्था बिल्कुल खतरामुक्त छ।‘  ​​

अस्पतालले भने यसबारेमा औपचारिक प्रतिक्रिया दिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell