PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

सुदूरपश्चिमका जिल्ला टुक्राए कडा आन्दोलन गर्ने सभासद्हरुको चेतावनी



सुदूरपश्चिमका जिल्ला टुक्राए कडा आन्दोलन गर्ने सभासद्हरुको चेतावनी

काठमाडौँ : सीमाङ्कनसहितको संघीयतामा सहमति गर्न शीर्ष नेताहरु जुटिरहँदा सुदूर पश्चिमका ३५ जना सभासद्हरुले उनीहरुलाई ज्ञापन पत्र बुझाउँदै नौ जिल्ला टुक्राए जुनसुकै कदम चाल्ने चेतावनी दिएका छन्। 

ज्ञापन पत्र बुझाउने क्रममा कांग्रेस सभासद् एनपी साउदले सुदूर पश्चिम टुक्राउने गरी शीर्ष नेताहरुले कुनै निर्णय गरे आजै बेलुकादेखि वा कुनै पनि बेला आन्दोलन सुरु हुने र देशभर सल्कने चेतावनी दिए। 

'यसको सम्पूर्ण जिम्मा यस्तो निर्णय गर्ने शीर्ष नेताहरुले लिनुपर्नेछ,' उनले भने। 

सभासद् कर्णबहादुर थापाले जनभावना प्रतिकूल निर्णय भए कुनै पनि कदम चाल्न बाध्य हुने बताए। 

ज्ञापनपत्र बुझ्दै संवैधानिक राजनीतिक सहमति तथा स‌ंवाद समितिका सं‌योजक डा, बाबुराम भट्टराईले सुदूरपश्चिममा मात्र बेग्लै मापदण्ड लागू नहुने भन्दै अरुमा लागू भएकै मापदण्ड लागू हुने बताए। 

यसअघि अघिल्लो सं‌विधानसभामा अखण्ड सुदूरपश्चिमको माग राख्दै एक महिनाभन्दा बढी बन्द भएको थियो। त्यतिबेला सुदूरपश्चिमलाई अखण्ड राख्ने सहमति भएको जिकिर गर्दै त्यो सहमतिलाई कार्यान्वयन गर्नुपर्ने माग सभासद्हरुले राखेका छन्। 











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell