PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​‘रङ दे बसन्ती’ र ‘डन २’ हिरो कुनाल कपुर काठमाडौंमा



​‘रङ दे बसन्ती’ र ‘डन २’ हिरो कुनाल कपुर काठमाडौंमा

भारतीय अभिनेता कुनाल कपुर भूकम्पपछि नेपालमा भैरहेको पुननिर्माणबारे बुझ्न सोमबार काठमाडौं आइपुगेका छन्। उनी ‘रङ दे बसन्ती’ र ‘डन २’जस्ता चर्चित फिल्मका अभिनेता हुन्।
 
आफू सहसंस्थापक रहेको सामाजिक संस्था केयर र च्यारिटी संस्था केट्टो प्रोजेक्टको अवलोकन गर्न काठमाडौं आइपुगेको उनले ट्वीटिएका छन्। केयर नामक संस्थाले नेपालमा पुननिर्माणका लागि भैरहेको प्रयासबारे सहयोगी हात बढाएको छ ।
 
बलिउडका ठूला नाम शशी कपुरका छोरा समेत रहेका कुनाल सन् २००६ मा ‘रङ दे बसन्ती’बाट फिल्मफेयरको बेस्ट सर्पोटिङ एक्टरमा मनोनयन भएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell