PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​‘पशुपतिप्रसाद’ फस्टलुक पोस्टर र रिलिज मिति घोषणा



​‘पशुपतिप्रसाद’ फस्टलुक पोस्टर र रिलिज मिति घोषणा

काठमाडौँ : सिनेमा ‘पशुपतिप्रसाद’को फस्टलुक पोस्टर रिलिज भएको छ। माघ १५ गते प्रदर्शन मिति घोषणा गरिएको सिनेमालाई दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन्। 

जारी विज्ञप्तिमा फिल्मको थिमबारे लेखिएको छ –‘मान्छेले देख्दै नदेख्ने सपना देखेर सहरका गल्लीमा क्रुर समाजसँग पौठेँजोरी खेलिरहेछ पशुपतिप्रसाद ।’ 

यसअघि ‘चपली हाइट’ र ‘झोले’ निर्देशन गरेका दीपेन्द्र के. खनाल निर्देशित सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन्। खगेन्द्र स्वयम फिल्मका मुख्य अभिनेता समेत हुन्। 

लामिछानेसहित वर्षा शिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा र आशिष अधिकारीको अभिनय यसमा रहनेछ। रजना नापित र रोजिना सिटौलाको मुख्य अभिनय रहेको फिल्मलाई सोसल ड्रामा जानरामा राखिएको छ। 

पोस्टरमा हनुमान र खगेन्द्र महिलाको भेषमा एउटा हात फैलाएको पोजमा देखिएका छन्। फिल्मको अधिकांश छायांकन पशुपति परिसरमै खिचिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell