PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिज : युवा लक्षित होस्टेल रिटर्न्स र हलिउडको फ्यान्टास्टिक फोर



फ्राइडे रिलिज : युवा लक्षित होस्टेल रिटर्न्स र हलिउडको फ्यान्टास्टिक फोर

काठमाडौँ : शुक्रबार नेपाली सिनेमा ‘होस्टेल रिटर्न्स’, बलिउड सिनेमा ‘अल इज वेल’ र हलिउड सिनेमा ‘फ्यान्टास्टिक फोर’ प्रदर्शन हुँदैछन् । नेपालको होस्टेल र हलिउडको फ्यान्टास्टिक प्रतीक्षित सिनेमा हुन् । 

‘होस्टेल रिटर्न्स ’ मुुलुकका ९० पर्दाबाट एकसाथ रिलिज हुनेछ । छात्रावास जीवनको कथा भन्ने यो सिनेमालाई दुर्गिश फिल्मसले निर्माण गरेको हो । सुशिल श्रेष्ठ, शशी श्रेष्ठ र नाजिर हुसेन वरपर घुम्ने फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन् । 

मल्टिप्लेक्सले यो सिनेमालाई उल्लेख्य सोज दिएका छन् । बिहीबारदेखि एड्भान्स बुकिङ पनि सुरु भएको छ । भूकम्पपछि प्रतीक्षित र ठूलो ब्यानरको श्रीगणेशको रुपमा होस्टेल रिटर्न्सलाई लिएको छ । यसपछिका फिल्म पनि चल्न र बक्सअफिसलाई चलायमान बनाउन होस्टेल रिटर्न्स  चल्नैपर्ने अपेक्षा राखिएको छ । 

किनभने, यसपछाडि पनि उस्तै जानराका फिल्म रिलिजको पाइपलाइनमा छन् । अघिल्लो होस्टेल पनि हिट भएकाले खासगरी किशोर र युवापुस्तामा यो फिल्मको मनोविज्ञान जबर्जस्त छ। मोफसलका सिंगल स्क्रिनले समेत होस्टेल रिटर्न्सलाई आशावादी नजरले हेरेका छन् । 

उमेश शुक्ला निर्देशित बलिउड सिनेमा ‘अल इज वेल’मा अभिषेक बच्चन, असिन र ऋषि कपुरको मुख्य भूमिका छ। रोड ट्रिपको कथा पेश गर्ने सिनेमालाई ड्रामा जानरामा राखिएको छ । 

‘फ्यान्टास्टिक फोर’ हलिउडमा रिलिज हुने एकमात्र फिल्म हो यो साता । मार्भल कमिक्समा आधारित यो सुपरहिरो सिनेमालाई सुपरन्याचुरल विधामा राखिएको छ । 

यो दुस्मनदेखि पृथ्वीलाई जोगाउन एकताबद्ध हुने सुपरहिरोहरुको संघर्ष फिल्मको कथा हो । जोस ट्रांक निर्देशित फिल्ममा माइल्स टेलर, माइकल बी जोर्डन, केट मारा लगायतको अभिनय छ । सय मिनेटको फिल्मलाई ट्वेन्टिथ् सेन्चुरी फक्सले विश्वव्यापी वितरण गर्न लागेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell