PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

​कैलाली घटना गराउनेहरु आतंककारी हुन् : ओली



​कैलाली घटना गराउनेहरु आतंककारी हुन् : ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा प्रहरीमाथि आक्रमण गर्नेहरु आतंककारी भएको बताएका छन्।

काठमाडौंमा प्रेस चौतारीले गरेको कार्यक्रममा उनले भने 'सुरक्षा निकायमाथि अत्यन्तै धोकापूर्ण ढंगले आतंककारीहरुले आक्रमण गरेका छन्' उनले भने 'यो अत्यन्तै अमानवीय र आतंककारी कृयाकलापको निन्दा र भर्त्सना गर्न चाहन्छु।'

उनले यस घटनामा संलग्नको खोजी गरी कारबाही गर्न  सरकारलाई आग्रह गरेका छन्। राजनीतिको नाममा अपराध र देशद्रोहका घटना हुन थालेको भन्दै उनले यस्ता घटना स्वीकार्य नहुने चेतावनी दिए। 'स्थानीय वासिन्दाको जायज मागमा आतंककारी तत्वहरु घुसेका छन्' उनले भने 'थारु जनता र मधेशी जनता यसमा सहभागी छैनन्।'

अहिले संविधान विरोधी तत्वहरुले राज्यलाई नै आतंकित बनाउन खोजेको भन्दै ओलीले सरकारले यसबाट विचलित नभइ उचित कदम चाल्नुपर्ने सुझाव दिए। नेपालमा जसले जे गरेपनि हुने अवस्था देखिएको भन्दै ओलीले यस्‍तो प्रवृत्ति अव धेरै टिक्न नसक्ने चेतावनी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell