काठमाडौँ : नेपालको संविधानमा राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने संशोधन प्रस्ताव संविधानसभाले बहुमतले अस्वीकृत गरेको छ।
संविधानको धारा ८ को उपधारा १ मा रहेको हालको राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने प्रस्ताव सभासद् शिवलाल थापासमेतले यस्तो संशोधन राखेका थिए-
नेपालको झण्डा दुई रंगको भूँइ भएको हुनेछ।
(क) किनाराभित्रको आकार बनाउने तरिका :
(१) माथिल्लो भागमा निलो भूँइको बीचमा सेतो रंगको सगरमाथाको चित्र भएको।
(२) तल्लो भागमा पहेँलो भूँइको बीचमा खरानी रंगको एक सिंगे गैँडाको चित्र भएको।