- मनोज सत्याल/पहिलोपोस्ट-
संविधान सभा अध्यक्ष सुवास नेम्वाङले यसका लागि राष्ट्रपति रामवरण यादवलाई आजै निमन्त्रणा दिन जाने कार्यक्रम थियो। प्रवक्ता कुइँकेलका अनुसार आजै साँझ ७ बजे राष्ट्रपति कार्यालयमा गई उनले संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा दिनेछन्। तर राष्ट्रपतिले समय नदिएपछि राष्ट्रपति-नेम्वाङ भेट भोलिका लागि सरेको छ। संविधान जारी गर्ने कार्यक्रम राष्ट्रपति भवनमा गर्ने कि संविधानसभामै गर्ने भन्ने बहस यसअघि नै जारी थियो। अन्ततः संविधानसभा भवनबाटै संविधान जारी गर्ने तयारी सचिवालयले गरेको छ।
सार्वभौम संविधानसभा र सुरक्षित भवन भएकाले पनि संविधान जारी हुने ठाउँ संविधानसभा भवन नै उचित हुने निष्कर्ष नेम्वाङको थियो।