PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रिपब्लिकामा नयाँ सम्पादकले कार्यभार सम्हाले



रिपब्लिकामा नयाँ सम्पादकले कार्यभार सम्हाले
शुक्रबार नयाँ सम्पादक घिमिरे (बायाँबाट दोस्रा)लाई परिचय गराउँदै कसमस विश्वकर्मा (बायाँ)। फोटो : @ibshnu/twitter

काठमाडौँ : नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित अंग्रेजी दैनिक रिपब्लिकामा नयाँ सम्पादक सुभाष घिमिरेले आइतबारदेखि कार्यभार सम्हालेका छन्। 

आइतबारै सो दैनिकको अनलाइनमा घिमिरे नयाँ सम्पादकका रुपमा नियुक्त गरिएको र कार्यभार सम्हालेको औपचारिक जानकारी दिइएको छ।

आइतबारको पत्रिकाको प्रिन्टलाइनमा भने कसमस विश्वकर्माकै नाम थियो। रिपब्लिकाका संस्थापक सम्पादक अमित ढकालले राजीनामा दिएपछि विश्वकर्मा २०६९ जेठ ५ गतेदेखि सम्पादक थिए। 

विश्वकर्माले गत साता नै आइतबारबाट नयाँ सम्पादकले पदभार ग्रहण गर्ने भन्दै आफ्ना सहकर्मीहरुसित  बिदा मागेका थिए।

घिमिरे पब्लिक पोलिसीमा हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर हुन्। 

यसैबीच नेपाल रिपब्लिक मिडियाले नेपाली दैनिक नागरिक र अंग्रेजी दैनिक रिपब्लिका दुवैमा विशेष महत्वका साथ हरेक पेजमा 'ताजा नयाँ रिपब्लिकाका लागि तयार रहनुस्' लेखिएको विज्ञापन शृङ्खला छापिरहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell