PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हुदहुद चक्रवातको असर यसरी पर्‍यो काठमाडौँमा, पश्चिम र सुदूरपश्चिममा भारी वर्षाको संभावना



हुदहुद चक्रवातको असर यसरी पर्‍यो काठमाडौँमा, पश्चिम र सुदूरपश्चिममा भारी वर्षाको संभावना

अंगद ढकाल-
काठमाडौँ : बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवात हुदहुदको प्रभाव काठमाडौँसहित नेपाल भर परेको छ। काठमाडौँमा आज बिहानैदेखि पानी परिरहेको छ। 




























पश्चिम र सुदूरपश्चिममा मंगलबारदेखि भारी वर्षाको संभावना 
हुदहुद आइतबार दिउँसो नै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेको र विस्तारै उत्तर पश्‍चिम दिशातर्फ अगाडि बढेपछि पूर्व र मध्य क्षेत्र प्रभावित हुन शुरु भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो।

महाशाखाले आइतबारै विज्ञप्ति जारी गरी सोमबार देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा क्षणिक वा सामान्य वर्षा भए पनि मंगलबार खास गरी देशको पश्‍चिम र सुदुर पश्‍चिमका क्षेत्रहरुमा लगातारको साथै भारी वर्षा समेत हुन सक्ने बताएको छ। यो अवस्था २-३ दिनसम्म जारी रहन सक्ने महाशाखाले जनाएको छ।

साउन भदौमा अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण दुई सयभन्दा बढीको मृत्यु र लाखौँको क्षति भएको अवस्थामा पुनः भारी वर्षाले देशको पश्चिम र सुदूर पश्चिमलाई फेरि अप्ठेरो पर्न सक्ने देखिन्छ।  

हुदहुद नाम कसरी ?
बिबिसीका अनुसार बंगालको खाडीमा उत्पन्न भए पनि यो चक्रवातको नाम ओमानमा राखिएको हो। अरबी भाषामा हुपु नामको चरालाई हुदहुद भनिन्छ। 

सन् १९५३ देखि मायामी नेसनल हुरिकेन सेन्टर र वर्ल्ड मेटिरियोलोजिकल अर्गनाइजेसन (डब्ल्युएमओ) ले आँधी र चक्रवातको नाम राख्ने गर्छ। डब्ल्युएमओ संयुक्त राष्ट्र संघको एजेन्सी हो। 

सन् २००४ मा डब्ल्युएमओले अगुवाई गरेको अन्तर्राष्ट्रिय प्यानल भंग भएपछि आ-आफ्नो क्षेत्रमा आउने चक्रवातको नाम आफै राख्‍ने कुरा भयो। यसमा भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, म्यान्मार, ओमान, श्रीलंका र थाइल्यान्ड सहभागी भए। 

यी देशहरुले ६४ नामको एउटा सूची प्रस्तुत गरेका थिए। हरेक देशले चक्रवातको लागि आठ वटा नाम सिफारिश गरे। यो सूची हरेक देशको वर्ण क्रम अनुसार छ। 

यो क्षेत्रमा जूनमा आएको चक्रवातको नाम नानुक थियो, यसको नाम म्यान्मारले राखेको थियो। 

वर्णानुक्रम अनुसार 'एम' को म्यान्मारपछि यस पटक 'ओ' ओमानको पालो थियो। त्यसैले चक्रवातको नाम ओमानले हुदहुद राखेको हो। 

गत साल भारतको दक्षिण पूर्वी तटमा आएको पायलिन चक्रवातको नाम थाइल्यान्डले राखेको थियो। यो सूचीमा भारतले राखेका नामहरु मेघ, सागर, वायु जस्ता सामान्य रहेको बिबिसी बताउँछ। 

हुदहुदपछि अर्को पटक यो इलाकामा आउने चक्रवातको नामाकरण पालो 'ओ' पछि 'पि' अर्थात् पाकिस्तानको छ। पाकिस्तानको प्रस्तावित नाम अनुसार आउने चक्रवातको नाम निलोफर हुनेछ। 

हुदहुद यो सूचीमा ३४ औँ नाम भएकोले अझै ३० नाम बाँकी छन्। चक्रवात विशेषज्ञहरुको प्यानलको बैठक हरेक वर्ष हुन्छ र आवश्यकता अनुसार यो सूचीलाई पुनः भरिन्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell