PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै राष्ट्रपतिले भने, 'राष्ट्रपति मधेसी हुनुपर्छ, म तयार छु'



भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै राष्ट्रपतिले भने, 'राष्ट्रपति मधेसी हुनुपर्छ, म तयार छु'

काठमाडौँ : राष्ट्रपति डा. रामवरण यादवले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति मधेसी चुनिनु पर्ने र दलहरुले मौका दिए फेरि सेवा गर्न इच्छुक भएको बताएका छन्।

बिहीबारको पत्रिकामा छापिएको अन्तर्वार्तामा उनले भनेका छन्,' नेपाललाई प्रतिनिधिमूलक सरकार चाहिएको छ। यदि राष्ट्र र राजनीतिक दलहरुले मलाई राष्ट्रपति बन्न आग्रह गरे म फेरि नेपालको सेवा गर्नेछु। विगतमा जस्तै म नेपालका लागि कुनै पनि जिम्मेवारी वहन गर्न तयार छु।'

सबै समुदाय र भौगोलिक क्षेत्रको उचित प्रतिनिधित्व भएमात्र आन्तरिक व्यवस्था र सौहाद्र कायम रहने उनले बताए।
 
राष्ट्रपति निर्वाचनको कार्यक्रम हालसम्म सार्वजनिक नभए पनि पत्रिकामा नयाँ राष्ट्रपतिको निर्वाचन अक्टोबर २७ मा हुने उल्लेख छ। 

पत्रिकामा नेपाली नेताहरुले बताएको भन्दै प्रधानमन्त्री पहाडी बाहुनले पाएका कारण राष्ट्रपति मधेसी नेताले पाउनु पर्ने र त्यसका लागि यादवको नाम अग्रपंक्तिमा रहेको उल्लेख छ। जबकि नेपालमा एमाले वृत्तमा महिलाबाट विद्या भण्डारी र जनजातिबाट सुवास नेम्वाङको नाम अगाडि छ।  

यादवले अन्तर्वार्तामा भनेका छन्- मैले म राष्ट्रपति हुनुपर्छ भनेको छैन। तर एक मधेसीले देशको व्यवस्था र सन्तुलन मिलाउन सक्छन्। दलहरुले उठेका आवाजहरुलाई सुन्ने छन् भन्ने विश्वास छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell