
- पहिलोपोस्ट -

अहिले यो प्रोजेक्ट कलाकारको पारिश्रमिकले ‘टकअफ दी टाउन’ बनेको छ । स्रोतका अनुसार अनमोल केसी यो फिल्मबाट ‘सर्वाधिक महंगा’ अभिनेता बन्दैछन् । बुझिएअनुसार अनमोलले फिल्मबाट ८ लाख पारिश्रमिक लिएका छन् ।
रोचक कुरा त के छ भने, अनमोललाई स्टारडमको यो तहसम्म ल्याउने निर्देशक हेमराज विसी नै ‘गाजलु’ निर्देशक हुन् । कसरी हेमराजकै फिल्ममा अनमोलले यस्तो डिमान्ड गरे र बाध्य तुल्याए, यो जान्नु रोचक र महत्वपूर्ण हुनेछ ।

यही फिल्मबाट डेब्यु गर्न लागेकी पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले समेत ‘ब्युटीफुल अमाउन्ट’मा प्रोजेक्ट साइन गरेकी छिन् । बुझिएअनुसार पाँच लाखमा सृष्टि अनुबन्धित छिन् । उनको यो पारिश्रमिक समकालिन अभिनेत्रीहरुको भन्दा धेरै हो ।
तर, निर्माण कम्पनीले औपचारिकरुपमा केही खुलाएको छ । अभिनेता गौरव पहाडी समेत अनुबन्धित छन् । सलोन बस्नेत अहिलेसम्म तय भएका छैनन् । छायांकार शैलेन्द्रध्वज कार्की समेत फाइनल भएका छन् । रोहित अधिकारीले निर्माण गर्ने यो फिल्मको सुटिङ कात्तिक २८ गते हुँदैछ ।

