PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

काठमाडौँदेखि दिल्लीसम्म रेल, सगरमाथालाई समुद्रसँग जोड्ने सहमति



काठमाडौँदेखि दिल्लीसम्म रेल, सगरमाथालाई समुद्रसँग जोड्ने सहमति

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग काठमाडौंदेखि भारतसम्म रेल गुडाउने र सगरमाथाको देशलाई समुद्रसँग जोड्ने सहमति भएको बताएका छन्। 

शनिबार हैदराबाद हाउसमा दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तापछि संयुक्त सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले इनल्यान्ड वाटर वेज  निर्माणमा सहयोगको सहमति भएको बताएका हुन्। 

मोदीले भने, 'नेपाललाई समुद्रसम्म एक्स्ट्रा कनेक्टिभिटी उपलब्ध हुनेछ। सगरमाथाको देश सागरसँग सिधा जोडिनेछ।'
 
'यो ऐतिहासिक सुरुवात हो,' उनले भने, 'अब नेपाल ल्यान्डलिङ्क्डमात्र हैन वाटर लिङ्क्ड पनि हुनेछ।'
 
'रेलमा पनि हामी कनेक्टिभिटी बढाउन चाहन्छौँ र त्यसैले काठमाडौँबाट भारतसँग जोड्ने एउटा नयाँ रेल लाइनलाई संयुक्त रुपमा विकसित गर्नेमा पनि हाम्रो सहमति भएको छ', मोदीले बताए। 
 
उत्तरी छिमेकीको केरुङबाट काठमाडौँसम्म रेल आउने चर्चा दलहरुका घोषणापत्रमा भए पनि काठमाडौँबाट भारत जोड्ने रेलको चर्चा अहिलेसम्म भएको थिएन। 

मोदीले तीन तहको चुनावलाई निकै ठूलो उपलब्धि भन्दै २००६ बाट सुरु भएको परिवर्तनको उत्कर्ष बताउँदै नेपाली जनता र सरकारलाई अभिनन्दन र बधाई दिए। 

नेपालको इतिहासको स्वर्णिम अध्यायको सुरुवात भएको भारतलाई हर्षको विषय भएको उनले बताए। 

मोदीले भारतमा आफ्नो सबका साथ सबका विकासको नारा र ओलीको समृद्ध नेपाल सुखी नेपालीका भिजन एक अर्काको पूरक भएको र जनकेन्द्रित भिजन र विकासका साझा लक्ष्यमा आफूहरु दुवै पूर्ण सहमत भएको बताए। 

'नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा तपाईँलाई भारतले सहयोग गरिरहनेछ र भविष्यमा पनि नेपाल सरकारको प्राथमिकता र आवश्यकताको आधारमा सहयोग हुनेछ', उनले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell