PahiloPost

Jul 17, 2018 | १ साउन २०७५

के नेपाल टेलिकमको फेसबुक पेज ह्याक भयो? प्रवक्ता भन्छिन्, 'अनुसन्धान हुँदैछ'


के नेपाल टेलिकमको फेसबुक पेज ह्याक भयो? प्रवक्ता भन्छिन्, 'अनुसन्धान हुँदैछ'
काठमाडौँ : बुधबार राति नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज facebook.com/nepaltelecom.nt लाइक गरेका सबैका लागि एउटा नोटिफिकेसन आयो, पेजको नाम 'नेपाल टेलिकम'बाट 'नेपाल न्युज' गरिएको छ। 

फेसबुकले एउटा नाममा लाइक गरिएका पेजको नाम अर्कोमा परिवर्तन भएमा यसरी सूचना दिने गर्छ। 

प्रविधिमा रुचि राख्ने फेसबुक प्रयोगकर्ताहरुले तत्काल सामाजिक सञ्जालमा चासो व्यक्त गरे, कतै ह्याक भएको त हैन? नत्र नाम किन परिवर्तन गर्न जरुरी थियो। 

लगत्तै ३ लाख ७० हजार लाइक भएको पेज खुलेन।  

यो विषयमा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यसित जानकारी माग्दा उनले भनिन्,  'हिजो बेलुकाबाट समस्या देखिएको छ। के भएको भन्ने विषयमा प्राविधिक टिमले अनुसन्धान गरिरहेको छ।'
 
बिहीबार राति यो समाचार तयार पार्दासम्म टेलिकमको फेसबुक पेज खुलेको छैन। 


के नेपाल टेलिकमको फेसबुक पेज ह्याक भयो? प्रवक्ता भन्छिन्, 'अनुसन्धान हुँदैछ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट