PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रेलवे र सुरुङ इन्जिनियरिङ अध्ययन गर्न १२ नेपाली चीन जाने



रेलवे र सुरुङ इन्जिनियरिङ अध्ययन गर्न १२ नेपाली चीन जाने

काठमाडौँ : चीन सरकारले नेपाली नागरिकलाई रेलवे इन्जिनियरिङदेखि पुल र सुरुङ इन्जिनियरिङसम्म अध्ययनका लागि कोटा उपलब्ध गराएको छ। 

सन् २०१८/१९ का लागि उपलब्ध गराइएको स्नातकोत्तर कोटा अन्तर्गत रेलवे इन्जिनियरिङका ६ स्थानमा महिला, जनजाति र मधेसीका लागि एक-एक र बाँकी तीन कोटा खुला रहेका छन्। 

नेपालमा रेलवे इन्जिनियरिङको अध्ययन/अध्यापन हुने गर्दैन। भारत र चीनबाट ती देश जोडिने गरी रेल मार्ग निर्माणको चर्चा चलिरहेका बेला चीनले रेलवे इन्जिनियरिङ अध्ययनका लागि कोटा उपलब्ध गराएको हो। 

त्यसैगरी चीनले ब्रिज एन्ड टनेल इन्जिनियरिङका लागि ६, हाइड्रोपावर इन्जिनियरिङका लागि ६, जियोमेटिक्स इन्जिनिरिङका लागि ४, माइनिङ इन्जिनियरिङका लागि ३ र इन्डस्ट्रियल इन्जिनियरिङका लागि ३ कोटा उपलब्ध गराएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell