वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा अन्तर्गत शनिबार बिहान सबेरै महिलाहरुले लगनखेलबाट रथ ताने। यसलाई स्थानीय भाषामा 'याकः मिसाया भुज्या' भन्ने गरिन्छ।
नरिवल खसाउने जात्राको भोलिपल्ट महिलाहरुले रथ तान्ने गर्छन्। रथ तान्न ठूलो संख्यामा सबै उमेर समूहका महिला उपस्थित थिए।
वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४ गते साँझ ७ बजे देवतालाई रथमा राखेपछि ६ गतेदेखि रथयात्रा सुरु भएको थियो। भोटो देखाएपछि सकिने यो जात्रा एक महिनासम्म चल्ने हुनाले नेपालकै सबैभन्दा लामो जात्राका रुपमा पनि परिचित छ।
लगनखेलको थटीटोलबाट जावलाखेलसम्म साइत हेरेर रथ तानिन्छ। जावलाखेलमा रथ पुर्याएको चौथो दिन भोटो देखाएपछि बल्ल जात्रा सिद्धिन्छ। भोटो देखाउने दिन काठमाडौँ उपत्यकामा विदा दिने गरिन्छ।
हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा र गणतन्त्र कालपछि राष्ट्रपति भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ।
हेर्नुस प्रविण रानाभाटले खिचेका फोटो