PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

३३ किलो सुन प्रकरण : अनुसन्धानको नेतृत्व गर्ने डिएसपी नै पक्राउ



३३ किलो सुन प्रकरण : अनुसन्धानको नेतृत्व गर्ने डिएसपी नै पक्राउ
फाइल फोटो

काठमाडौँ : ३३ किलो सुन काण्डमा अनुसन्धानका लागि डिएसपी प्रजित केसी पक्राउ परेका छन्। 

आइतबार पक्राउ परेका डिएसपी केसीविरुद्ध कर्तव्य ज्यान तथा संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गरिएको छ। 
केसी पहिले यही केसको अनुसन्धानको नेतृत्व गरिरहेका थिए। 

फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारी अनुसन्धान गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली डिएसपी केसीको नेतृत्वमा विराटनगर पुगेको थियो।

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेलको शंकास्पद भूमिका देखिएको भन्दै गृहमन्त्रालयले तीनै जनालाई जिम्मेवारीमुक्त गराएको थियो। 

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले ३३ केजी सुन काण्डमा पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत लगाय २० जना भन्दाबढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

संगठित अपराधको अनुसन्धानको लागि त्यस्तो अपराधको आरोप लागेको व्यक्तिलाई अनुसन्धानको प्रगतिको आधारमा अदालतको अनुमति लिई पटक पटक गरी साठी दिनसम्म हिरासतमा राख्न सकिने संगठित अपराध निवारण ऐन, २०७० को प्रावधान छ। 

सम्बन्धित समाचार
३३ किलो सुन प्रकरण :  यी हुन् अहिलेसम्म खुलेका १० तथ्य र अनुत्तरित पाँच प्रश्न



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell