PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

अझै टुंगिएन नियमावली मस्यौदा



अझै टुंगिएन नियमावली मस्यौदा

काठमाडौंः प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावलीको मस्यौदाको आज पनि टुंगो लागेन। मस्यौदा तयारीका लागि बनाइएको दुबै संसदीय समितिमा तीनवटा विवादका कारण टुंगो नलागेको हो।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने अथवा नगर्ने, संसदीय समितिको संख्या कति राख्ने विषयमा विवाद जारी रहेको छ।

बिहिवारको बैठकमा थप एउटा विषयमा विवाद सुरु भएको छ। राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा गोला प्रथाका विषयमासमेत विवाद भएको छ।

सत्ता पक्ष र प्रतिपक्षबीच यी तीनवटै विषयमा विवाद जारी रहँदा समितिले मस्यौदालाई अन्तिम रुप दिन नसकेको समितिका सदस्य विमल श्रीवास्तवले बताए। उनले शनिवार टुंगो लगाउने गरी बैठक स्थगित भएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell