PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

जनयुद्ध बाइपास गरेर के को एकता? - प्रचण्ड



जनयुद्ध बाइपास गरेर के को एकता? - प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुने गरी एमालेसँग हुन नसक्ने स्पष्ट पारेका छन्। माओवादी आन्दोलनलाई अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु भएको उल्लेख गर्दै प्रचण्डले जनयुद्ध र जनताका एजेन्डा छाड्न नसकिने बताए।

आज वाइसिएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा काठमाडौंमा आयोजित "समसामयिक परिस्थितिमा युबाहरुको भुमिका" विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम प्रचण्डले भने, ‘जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेन्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन।’

कार्यक्रममा उनले उद्देश्य प्राप्तिको लक्ष्य लिएको पार्टी, वैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका खेल्दै समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

यात्राको क्रममा थकाम मार्ने र निरन्तर आगाड़ी बढ्ने भन्दै वाइसीएल नेपाल पुनर्गठन भएपछि सक्रिय भूमिका निभाउदै अग्रगामी सोच तथा कार्यक्रमको विकास भएको भन्दै संगठन प्रति खुशी ब्यक्त गरे। पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साह प्रति सकारात्मक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell