PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नेविसंघको प्रशिक्षण कार्यक्रम स्थगित : विवाद अन्त्य गर्न छलफल जारी



नेविसंघको प्रशिक्षण कार्यक्रम स्थगित : विवाद अन्त्य गर्न छलफल जारी

काठमाडौं: आन्तरिक विवाद चर्किएपछि नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आजको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ।

आज बिहान ८ बजेका लागि अध्यक्ष नैनसिंह महर पक्षधरले बोलाइएको कार्यक्रमस्थल नजिकै महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले पनि कार्यक्रम गर्न मञ्च तयार गरेपछि कार्यक्रम रोकिएको थियो।  

सुन्दरीजलस्थित वीपी संग्राहलयमा बोलाएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष महर पक्षधरले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिमा निम्तो दिएका थिए।

देउवा १० बजे आइपुग्ने कार्यक्रम रहेपनि विवाद देखिएपछि कांग्रेसका कुनै नेता कार्यक्रमस्थलमा देखिएनन्। कार्यक्रममा अन्योलता देखिएपछि विद्यार्थी नेताहरु विवाद सुल्झाउन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।

विवाद अन्त्यका लागि अझै छलफल जारी रहेको नेविसंघका प्रवक्ता प्रेमराज जोशीले जानकारी दिए। काफ्ले पक्षधरले अध्यक्ष महर एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell