PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रम्प र किमबीच सिंगापुरमा वार्ता हुने, ट्रम्पले दिए समय र स्थानको जानकारी



ट्रम्प र किमबीच सिंगापुरमा वार्ता हुने, ट्रम्पले दिए समय र स्थानको जानकारी

अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच हुन लागेको बहुप्रतिक्षित वार्ताको मिति र स्थानको टुङ्गो लागेको छ। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार राति ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। उनका अनुसार जुन १२ तारिख (जेठ २९ गते)  सिंगापुरमा वार्ता हुनेछ। 

'किम जोङ उन र मेरो बहुप्रतीक्षित वार्ता जुन १२ मा सिंगापुरमा हुनेछ', उनले ट्विटमा लेखेका छन्, 'हामी दुवै विश्व शान्तिका लागि यसलाई निकै विशेष क्षण बनाउने प्रयास गर्नेछौँ।'

 

यसअघि  अप्रिलको मध्यमाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र तथा सीआईएका निर्देशक माइक पोम्प्यो इस्टरको विदामा सुटुक्क प्योङ्याङ पुगेका थिए। 

राष्ट्रपति ट्रम्पका विशेष दूतको रुपमा पोम्प्यो प्योङ्याङ पुगेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट गरेको समाचार वासिङटन पोस्टले गोप्य भनिएको वार्ताबारे जानकार दुई व्यक्तिलाई उदृत गर्दै प्रकाशित गरेको थियो।

यो भ्रमणलाई ट्रम्प र किमबीच हुने भनिएको वार्ताको तयारीका रुपमा लिइएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell