PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

मोदी भ्रमण: जनकपुरबाट काठमाडौंसम्म नेपाली सेनाको हवाई स्कर्टिङ



मोदी भ्रमण: जनकपुरबाट काठमाडौंसम्म नेपाली सेनाको हवाई स्कर्टिङ

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर काठमाडौँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। बिहानैदेखि राजधानीका विभिन्न स्थानमा चेकिङ तथा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरबाट दिउँसो करिब २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‌ओर्लिने कार्यक्रम रहेको छ। मोदी जनकपुरबाट काठमाडौं आउँदा भारतीय सेनाको टोलीले रोकी गर्ने छ। नेपाली सेनाले पनि स्थलगत र हवाई दुवै किसिमको सुरक्षा व्यवस्था मिलाएको  नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'भरपर्दो एकीकृत सुरक्षा व्यवस्था मिलाएका छौँ।' 

भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट काठमाडौँ आउँदा नेपाली सेनाले हवाई स्कर्टिङ समेत गर्ने छ। जनकपुरमा पनि मोदीको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको डिआइजी ठुले राईले बताए।

भारतीय प्रधानमन्त्री मोदी सवार हुनुभन्दा एकघण्टा अगाडिदेखि नै सडक खाली गरिने भएको छ। मोदीको सुरक्षालाई ध्यान दिँदै ट्राफिक व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी मधुसुदन मरासिनीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell