काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। जनकपुरको रंगभुमिमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहा नगरपालिकाको तर्फबाट प्रमुख लालकिशोर यादवले अभिनन्दनपत्रले सम्मान गरे।
उनले अभिनन्दनपत्र मैथली भाषामा वाचन गरेका थिए। त्यस्तै यादवले जनकपुर नगरको ‘साँचो’समेत हस्तान्तरण गरेका छन्। यसैबीच प्रदेश २ सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई १२१ किलोको माला लगाएर सम्मान गरेका छन्।
त्यस्तै उनलाई ‘जानकीमाता’को तस्विर समेत हस्तान्तरण गरेका छन्। त्यस्तै वीरगंज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले समेत १२१–१२१ किलोको माला लगाइदिएर अभिनन्दन गरेका छन्।