PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

मृत्यु र जीवन : सबैलाई बचाउने डाक्टर देवकोटाले किन खाए हार?


मृत्यु र जीवन : सबैलाई बचाउने डाक्टर देवकोटाले किन खाए हार?
  • लिलाराज खतिवडा-
वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाले भर्खरै हार खाएको वक्तव्य दिए। उनले अब म गएँ, सिद्धिएँ, केही गर्न सक्दिनँ भने। त्यत्रो चिकित्सा पद्दति जानेका उनले आफूलाई लागेको रोगका कारण मृत्युलाई बहुतै करीब देखे जस्तो गरे। अनि अत्तालिए। अहिले उनी भयानक अत्यासमा छन्। यो लेख उनको त्यो मृत्युअत्यासले तयार हुँदैछ। अनलाइनहरुमा उनका दर्दनाक अक्षर चित्रहरु पढेपछि कलम थामिन मानेन।

गोरखामा उनी जन्मिए। अरु जस्तै दश वर्ष स्कूल गए।  पढाइमा उनी मेधावी थिए। दुइ वर्ष आइएस्सी पढे। अनि आसामको डिब्रुगढ युनिभर्सिटीबाट एमबिबिएस गरे। अनि उनी एमडी गर्न बेलायत पुगे। कम्तिमा बीस वर्ष त उनका पढाईमा नै बिते। उनले न्यूरो सर्जरीमा विशेषज्ञता हासिल गरे। उनले बिहे गरे। उनका बच्चा भए। 

नेपालको पहिलो ट्रमा सेन्टर खोल्नमा योगदान दिए। थुप्रो बिरामीको उपचार गरे। कतिलाई नयाँ जीवन दिए। कतिलाई उनले पनि बचाउन सकेनन्। अनि उनले बाँसबारीमा आफ्नै न्यूरो अस्पताल खोले। अनेक विदेश यात्रा गरे। मनग्ये पैसा कमाए। मनग्ये पैसा कमाएको प्रचार भएकै कारण केही अपराधीले लालचमा परेर उनकी छोरीलाई अपहरण समेत गर्न सफल भएपछि ठूलो रकम फिरौति पनि मागे। पूर्व राजा ज्ञानेन्द्रका स्वास्थ्य मन्त्री पनि भएर देशको सेवा गर्ने उनले मौका पाए।

पढाइ सकेपछि, मानौं, अरु तीस वर्ष बिते। पचास, साठी वर्ष बित्न कत्ति बेर लागेन। विज्ञानका कैयन सिद्धान्तहरुले उनको मष्तिस्क गाँजियो। हिन्दु परिवारमा जन्मिए पनि उनले वेदका मन्त्रहरुको ब्यापक अध्ययन गरेनन्। उनले आँखा बन्द गरेर आफैँलाई हेरेनन्। नाकबाट लिएको सासले भित्र गएर के कस्तो आगो बालिरहेको छ त्यसलाई उनले प्रत्यक्ष अवलोकन गरेनन्। मानव शरीरको उनले प्रसस्तै पेपरवर्क त गरे। तर उनले आफ्नो शरीरको तत्ववोध गरेनन्। आँखा चिम्लिएर उनले लामो समय आफ्नो अन्तसमा चियाएनन्। जहाँ लगातारको स्वासप्रस्वासले एउटा प्रकोतेज अग्नि प्रज्वलित भइरहेको उनले बोध गर्न भ्याएनन्। न त उनी गीतामा कहिएको स्थितप्रज्ञको अभ्यासमा जुटे न त उनले बुद्धको समाधिको अभ्यास नै गरे।

उनको मष्तिस्कमा संसारका फलानाफलाना वैज्ञानिकहरुले पत्ता लगाएका वा प्रतिपादन गरेका अनेकानेक सिद्धान्तका पत्रहरु जमे। जसले अरु बिरामीहरुको रोग त पत्ता लाग्यो र, निको पनि भयो होला। डाक्टर साहेबले मोटो फिस पनि हासिल गरे होलान्। त्यो पैसाले उनले मीठो खाना खाए र राम्रो लुगा पनि लगाए होला। महँगो कारमा पनि चढे होला। बग्रेल्ती विदेश यात्रा पनि गरे होलान्।  
***
डा. देवकोटा विज्ञानको अध्ययनमा यति तल्लिन हुनुहुन्थ्यो कि उहाँले वेद, उपनिषद, ज्योतिष वा गीताको अध्ययन वा भाष्य गर्ने मौकै पाउनुभएन। तर, उहाँले शरीर छाडेपछि वेद वा गीता वा हिन्दु धर्म संबन्धित ग्रन्थका मन्त्रहरु पढेर उहाँको काज किरिया गरिनेछ। त्यहाँ न्यूरोसाइन्सका प्याराग्राफहरु पढिने छैनन्। 
***

तर, जीवनको यस रहस्यमय दरमियानमा उनले जीवनलाई नै खोज्ने समय पाएनन्। आँखा खोलेर बाहिरको मजा अथवा कष्टमात्रै भोगे उनले। आफ्ना स्वासप्रस्वासका श्रृंखलाहरुमा साक्षीस्वरुप घुस्न भ्याएनन्। शरीरका संवेदनाहरुलाई अन्तर्मुखि र तटस्थ भावले निरीक्षण गर्न भ्याएनन्। शरीर र मन भन्दापारिको अनन्त आयाममा उनले गोता खान भ्याएनन्। अरु सामान्य मान्छे जस्तै उनी पनि सुखमा दंगदास रहे भने दुःखमा अत्तालिए। उनले सुख र दुःखमा समभाव अपनाउन सकेनन्। अपनाए पनि त्यसको गहिरो अनुभूति गर्न सकेनन्।
कृष्णमूर्तिको एउटा दुर्लभ भाव सापटी लिउँ :

के तिमी दुनियाँका लाखौं, करोडौं, अरबौं मान्छेहरु जस्तै जन्मिएर, हुर्किएर, स्कूल गएर, चीजबिज रटराट पारेर, प्रमाणपत्र हासिल गरेर, जागिर खाएर, बिहे गरेर, बच्चा जन्माएर, टन्नै पैसा कमाएर, रोगी भएर, बूढो भएर, रुँदैरुँदै मर्न चाहन्छौ? कि यो भयावह बृत्तभन्दा बाहिर पनि केही छ भनेर खोज्छौ? जगतले परिभाषित गरेको जीवन इतर कुनै टाढाको तहखानामा पनि केही खजाना छ भनेर टटोल्छौ?

बाँचुन्जेल यदि तिमीले जीवनको रहस्य खोजेनौ भने, याद राख तिमी जीवनबाट नराम्रोसँग चुक्ने छौ। किनभने यो ब्रह्माण्डको अति बिराट फैलाव र आकारका सामुन्ने म र मेरो जीवन निकै नै स्यानो छ। म र मेरो जीवन त के हो र? जब कि सारा ब्रह्माण्डका सामुन्ने हामी विध्यमान सौर्यमण्डल नै बालुवाको केवल एउटा कण जत्रो मात्रै छ। र, आँखा खोल्दा बाहिर जति बिराट ब्रह्माण्ड छ, आँखा बन्द गर्दा त्यो भन्दा विशाल ब्रहमाण्ड हामीभित्रै मौजुद छ। 

ईश्वर वा प्रकृतिले हामीलाई यो जीवन त्यसै दिएको होइन। यो जीवन एउटा कोठेपद हो। जजसले यसलाई यहाँ समाधान गरे, ती पार भए। समाधान गरेनन्, दर्दले भरिएर भारी वजन जस्तो मृत्युबाट घिसारिए। अब कुनै स्कूल वा कलेजले जीवनको रहस्य खोतल्न मद्दत गरे त मरिजाउँ। एउटा मान्छेको एनाटोमीको डायग्राम बनाएर अनेक अंगका नाम त विद्यार्थीले रटे। तर त्यहाँ शरीरभित्र वा वरिपरिको कुनै अंग देखाएर यो आत्मा हो भनिएको हुँदैन। यता घरमा आउँदा बुबाआमाका सिरानीमा गीता भेटिन्थ्यो। जहाँ आत्माको कुरा गरिएको छ। अब त्यो बच्चो दुविधामा त पर्ने नै भयो।

डा. देवकोटा विज्ञानको अध्ययनमा यति तल्लिन हुनुहुन्थ्यो कि उहाँले वेद, उपनिषद, ज्योतिष वा गीताको अध्ययन वा भाष्य गर्ने मौकै पाउनुभएन। तर, उहाँले शरीर छाडेपछि वेद वा गीता वा हिन्दु धर्म संबन्धित ग्रन्थका मन्त्रहरु पढेर उहाँको काज किरिया गरिनेछ। त्यहाँ न्यूरोसाइन्सका प्याराग्राफहरु पढिने छैनन्। 

ज्ञान मर्दछ हाँसेर, 
रोइ विज्ञान मर्दछ। 
यो त्यसै भनिएको छैन। 

अहिले मृत्युशैयामा उहाँ आफ्नो आत्मा खोज्न आतुर हुनुहुन्छ। जुन इन्टाइटीलाई उहाँले जीवनभर नकार्नु भयो र वेवास्ता गर्नु भयो, अहिले उहाँ त्यसलाई भेट्न आतुर हुनुहुन्छ। 

मनपार — अर्थात, मृत्युपार। 

बुद्धको शब्दकोशमा मृत्यु भन्ने शब्द हुँदैन। यदि कसैले प्रयोग गरिरहेको भए, त्यो अपभ्रंशित हो। बुद्धको शब्दकोशमा महामृत्यु हुन्छ। निर्वाण हुन्छ। महापरिनिर्वाण हुन्छ। मोक्ष हुन्छ।

मानव जीवन अथाह महासागर हो। आफै एउटा सानो डुंगा बनाएर यसलाई पार गर्नु जरुरी छ। नत्र फेरि शरीर छाड्ने बेलामा रोइकराइ हुन्छ। आशक्ति हुन्छ। अनेकानेक हुन पुग्छ। जस्तो कि, एउटा रोग निदान हुनासाथ मान्छेले यहाँ लत्तो छोड्छ। 'अब जाने भएँ' भनेर ऊ भर्याक भर्याक गर्न थाल्छ। आँशुका भेलहरु साटासाट गर्न थाल्छ। अनुहारहरु लट्किन थाल्छन्।

कारण धेरै दुरुह छैन। 
***
जन्मेदेखि मानिस केवल बर्हिमुखी रहेको हुन्छ। अन्तर्मुखि भएर उसले स्वयंलाई अवलोकन गरेको छैन भने ऊ शरीर र मनमात्रै म हुँ भन्ने लिमिटेसनमा जिएको हुन्छ। अनि अनेकौं पाण्डित्याईं, धन सम्पत्ति र सन्तानका बाबजूद उसलाई लाग्छ - ऊ खोक्रो नै छ र अन्त्यतः मृत्युबाट घिसारिँदै छ। अनि ऊ डराऊँछ। आत्तिन्छ। तर, ढिलो भइसकेको हुन्छ। यदि उसले समय छँदै शरीर र मनको अथाह आयामको अव्यक्त तर अनन्त र, शाश्वत जीवनलाई थोरै भए पनि टटोलेको भए मृत्युका बखत अत्याधिक तडप हुँदैन थियो।
***
वयस्क छउन्जेल मानिस अनेक प्रतिस्पर्धामा जोतिन पुगेको हुन्छ। आफूले अज्ञात तवरले पाएको चमत्कारिक जीवनको रहस्य खोतल्नु पर्ने ठाउँमा मान्छे पैसा, नाम, रवाफ, पुण्य आदि कमाउने चक्करमा रोगी र बुढो हुन्छ। अनि, जस्तै मै हुँ भन्नेहरु पनि अन्तिम क्षणमा रुँदैरुँदै बिदा हुन बाध्य हुन्छन्। किनभने, जति गर्दा पनि उनीहरुका प्यासहरु बुझेका हुँदैनन्। तृष्णाहरु निमिट्यान्न भएका हुँदैनन्। सपनाहरु तिरोहित भएका हुँदैनन्। आशक्तिका तारहरु छिनेका हुँदैनन्। जीवनको अनन्ततावोध भएको हुँदैन। शरीर नै म हुँ भन्ने भ्रन टुटेको हुँदैन। 

जन्मेदेखि मानिस केवल बर्हिमुखी रहेको हुन्छ। अन्तर्मुखि भएर उसले स्वयंलाई अवलोकन गरेको छैन भने ऊ शरीर र मनमात्रै म हुँ भन्ने लिमिटेसनमा जिएको हुन्छ। अनि अनेकौं पाण्डित्याईं, धन सम्पत्ति र सन्तानका बाबजूद उसलाई लाग्छ - ऊ खोक्रो नै छ र अन्त्यतः मृत्युबाट घिसारिँदै छ। अनि ऊ डराऊँछ। आत्तिन्छ। तर, ढिलो भइसकेको हुन्छ। यदि उसले समय छँदै शरीर र मनको अथाह आयामको अव्यक्त तर अनन्त र, शाश्वत जीवनलाई थोरै भए पनि टटोलेको भए मृत्युका बखत अत्याधिक तडप हुँदैन थियो। सारा हिम्मतले होशमा मृत्युको आगमनलाई सामना गर्नसक्ने बल प्रत्येक मानवमा नैसर्गिक रुपमा छ। तर, उमेरसँगै मान्छेले किन र कसरी त्यो शक्तिलाई गुमाउन पुग्छ त? र, यदि मृत्यु अपरिहार्य हो भने पनि, यो किन एउटा महाउत्सव हुन सक्दैन त? 

के मृत्यु वृक्षबाट फल पाकेर खसे जस्तो मुदितामय महाउत्सव हुन सक्दैन? 

असतोमा सद्गमयः
तमसोमा ज्योर्तिगमयः
मृत्योर्मा अमृतंगमयः

आफ्नै सुदूर पूर्वजका यी उद्गारमा दम भए, मान्छेले संसारबाट बिदा हुँदा त हाँसीहाँसी जानुपर्ने थियो। यदि मृत्युमा अमृत छ भने, मर्ने बेलामा रोइकराइ गर्नु कसरी युक्तिसंगत हुन्छ त? मान्छे जन्ममा रुँदैरुँदै आएको हुन्छ। लाटो हिसाबमा पनि कुरा बुझ्न कठिन छैन कि मृत्युमा मुस्कान फक्रिनु पर्ने हो। तर, सारा दुनियाँ र ग्रन्थ जानेकाहरु समेत मृत्युमा मुर्झाएर रुँदैरुँदै र नचाहँदा नचाहँदै घिसारिए झैं जान्छन्। 

यता दुनियाँमा धेरै मान्छे जीवन ज्यूँने कला सिकेर हिँडिरहेका छन्। मर्ने कला सिक्ने फुर्सद कसैलाई छ? स्मरण रहोस, बुद्धले मृत्यु कला पनि सिकाएका थिए। उनले पुर्नआविष्कार गरेको ध्यान विधिले होसमा मर्ने कला सिकाउँछ। उनी आफ्ना भिक्षुहरुलाई श्मशानमा ध्यान, साधना गर्न अनिवार्य पठाउँथे। तिब्बतमा अझै वारदोको चलन छ। वारदोको ठेट् भाव, मृत्यु परामर्श हो। ओशोले पनि मृत्यु शिक्षालाई जोड दिँदै बहुमूल्य ग्रंथ दिएर गए, मैं मृत्यु सिखाता हुँ। जीवनाशक्त र भ्रमित मान्छेहरुले ओशोको उक्त बहुमूल्य ग्रंथ लगायत अन्य ग्रन्थहरुको पनि धज्जी उडाए। लाग्छ भिडले बत्तिएका मान्छेहरुको काम नै कुनै जिवित र जागृत महापुरुषको धज्जी उडाउनु हो।

दुनियाँमा मृत्यु शिक्षा दिने विश्वविद्यालयहरु खुल्नु जरुरी छ। तर, यहाँ जीवनलोलुप र जीवनाशक्तहरुले मृत्युचर्चा समेतलाई समाजमा बर्जित तुल्याएका छन्। यहाँ त मृत्युप्रति भय, नफ्रत र पलायनवाद पो छ। एकातिर वेदमा मृत्युलाई अमृत मेटाफोर गरिएको छ भने, संसारमा मृत्युलाई एक निर्दयी, आततायी र वियोगी अवस्था मानिन्छ।

बच्चालाई ऊ हुर्किंदै जाँदा जीवनको क्षणभंगुरता र मृत्युशिक्षा दिनु जरुरी छ। तर, यहाँ त एउटा बच्चालाई यस्तो शिक्षा वा संस्कार थोपरिन्छ कि, लाग्छ मान्छे यहाँ सदाका लागि आएको छ। बीस, पच्चीस वर्षको विद्या आर्जनको के काम जबकि जीवन आजकल पचास, साठी वर्षमा सीमित भएको छ? दश वा पच्चिस तले घरको के काम जबकि जीवन यति छोटो छ? त्यो झुठो नामको मलाई के काम जो कि मेरो जन्म पश्चात अन्धाधुन्ध राखिएको थियो? त्यो विद्या आर्जन गर्दागर्दै वा अग्लो घर बनाउँदा बनाउँदै वा झुठो नाम कमाउँदा कमाउँदै मानवको नाजुक जिन्दगी स्वाहा भइसकेको हुन्छ। अब थला परेपछि रोइकराइ गरेर के नै हुन्छ र? 

आफ्नै शरीर, मन, चेतना, निद्रा र सम्पूर्ण जीवन जगतबारे अनुभूतिजन्य शिक्षाले मात्रै त्राण दिन सक्छ। र, हामीबाट सबैभन्दा नजिकका ज्ञानी पुरुष सिद्धार्थ गौतम अर्थात बुद्धले गरे, गराएको साधनाले मात्रै त्यो अनुभूतिको आगो बाल्न सक्छ। अन्त कतै भट्किनु जरुरी छैन। ऋग्वेदमा समेत उल्लेख भएको विपश्यना साधनालाई बुद्धले पुर्नआविष्कार गरेर पहिले आफैँमा साधेका थिए। उनी बुद्ध भइसकेपछि उनको सम्पर्कमा आएका कैयन मुमुक्षुहरु आआफ्नो प्रालव्ध अनुसार ढिलोचाँडो श्रोतापन्न भए। अर्हन्त भए। परम मोक्षमा उपलब्ध भए।

आफ्नो नैसर्गिक स्वासप्रस्वासप्रति पूर्ण सजगतासाथ लगातार गरिएको निरीक्षणले मनलाई विगतको सपना र भविष्यको दृष्टिबाट वर्तमानको अतिरेकमा ओह्राल्ने काम गर्दछ। यदि आफ्ना प्राकृतिक सासहरु उपर लामो समयसम्म लगातार पूर्ण होसा साध्न सकियो भने त यो अवस्था परम् अमृत समान नै हुनेगर्छ। दुःख, रोग, मृत्यु सबै मनको दायराभित्र हुन्छन्। यी केवल विचारका आवृत्तिहरु मात्र हुन्। सासहरुको आरोहअवरोह बोधले चेतनालाई मनपार डोर्याउँछ। विचारपार हुत्याउँछ। 

विज्ञानले आत्मा, परमात्माको अस्तित्वलाई मान्दैन। त्यसैले ऊ मान्छेको एनाटोमी एनालाइसिस गर्दा डायग्राममा एरो बनाएर आत्मा दर्शाउँदैन। मोक्षको कुरा गर्दैन। मृत्युको कुरा गर्छ। यता हाम्रो हिन्दु सभ्यताका सारा संस्कारहरु : न्वारान, ब्रतबन्ध, विवाह, काजकिरिया, श्राद्ध, यज्ञ, हवनादिमा आत्मा अनि परमात्माकै चर्चा छ। हाम्रो समाजमा त टोलटोलमा मन्दिरहरु छन्। अनि घरघरमा भगवान। तर, पनि दिग्भ्रम श्रृजना हुन्छ कि यो समाज किन सैतानहरुले भरिएको छ?
***
जन्मेदेखि मानिस केवल बर्हिमुखी रहेको हुन्छ। अन्तर्मुखि भएर उसले स्वयंलाई अवलोकन गरेको छैन भने ऊ शरीर र मनमात्रै म हुँ भन्ने लिमिटेसनमा जिएको हुन्छ। अनि अनेकौं पाण्डित्याईं, धन सम्पत्ति र सन्तानका बाबजूद उसलाई लाग्छ - ऊ खोक्रो नै छ र अन्त्यतः मृत्युबाट घिसारिँदै छ। अनि ऊ डराऊँछ। आत्तिन्छ। तर, ढिलो भइसकेको हुन्छ। यदि उसले समय छँदै शरीर र मनको अथाह आयामको अव्यक्त तर अनन्त र, शाश्वत जीवनलाई थोरै भए पनि टटोलेको भए मृत्युका बखत अत्याधिक तडप हुँदैन थियो।
***
यसप्रकार, डा. देवकोटा मात्रै होइन, यहाँ जस्तै मै हुँ भन्नेहरु पनि विरोधाभासको दलदलमा जकडिएका छन्। कक्षा कोठामा उनीहरु एउटा सिद्धान्त पढ्छन् वा पढाउँछन्। ओपिडिमा बिरामीसँग अर्को सिद्धान्तमा छोटो बात् मार्छन्। घर, समाजमा उनीहरु फेरि अर्कै सिद्धान्तमा बहस गर्न थाल्छन्। अब त्यहाँ प्याराडक्स अर्थात् विरोधाभास उत्पन्न नभएर प्रज्ञा प्रस्फुटन होला त?

कदाचित, विश्वविद्यालयहरु कारखाना हुन् भने, एउटा अर्को महत्वपूर्ण कुरा – क्यालेण्डरले मार्छ!

कारखानामा निर्मित घडी नै मानवको दुःखको प्रमुख कारण हो। म यति वर्षको भएँ। मान्छेको आयु यति हो। अब म बुढो भएँ। अब मेरो मर्ने बेला भयो। यस्तो अवस्थामा मान्छेको मृत्यु हुन्छ। अब म मर्छु भन्ने कार्यक्रमलाई स्वीकार गर्नेहरु फटाफट मर्छन्।

मान्छेको शरीरको बनावट कस्तो छ भने, यसले मनको आदेश सहर्ष स्वीकार गर्छ। गर्छु भने गर्छ। गर्दिन भने गर्दैन। विरामी छु भन्छ भने विरामी छ। स्वस्थ छु भन्छ भने स्वस्थ छ। जित्छु भने जित्छ। जित्दिन भने जित्दैन।
 
जीवन पाठ्यक्रममा परिभाषित गरिएको भन्दा बिराट र अथाह छ। शर्त के भने यसलाई खोज्नु पर्छ। यसलाई खोज्न जान्नु र जानु पनि पर्छ। अनि फर्किनु त छँदैछ। जीवन छँदै मृत्युको अनुसन्धान गर्नेहरु कथंकदाचित सफल भए भने अब मृत्यु पनि उनीहरुलाई अभिनय लाग्न थाल्छ। कुनै जादूगरले एउटा ठिटोको घाँटी काटेर पुनः जोडे जस्तो।
 
घाटमा पुग्नु अगावै मृत्युबोध गर्नेहरु अब अनन्त जीवनको झलकको अहोभावले आह्लादित हुन पुग्छन्। शाश्वत भावमा क्षणिक शरीर केवल वस्त्र महसुस हुन्छ। आज यहाँ शरीर छाडेर लाखौं, करोडौं प्रकाशवर्ष टाढाको अर्को जिवित र जागृत ग्रहमा चेतना हुत्तिन सक्छ। किनभने, म यहाँ सदा छु। न मेरो जन्म भयो, न त मेरो मृत्यु नै हुन्छ। म यहाँ सदा मौजूद छु। कालातीत। शाश्वत। परिवर्तन हुन्छ त केवल रुप र स्थान। मान्छे महान उद्देश्यले ब्रह्माण्ड विचरण गर्न लामो समय लगाएर निर्मित समययात्री हो। रुप र स्थान बदलेर उसको चेतना अनन्त मुदिताले ब्रह्माण्ड विचरण गर्दछ। गरिरहन्छ। रकेट लिएर यो ब्रह्माण्ड घुम्न असंभव छ।  

परमात्मा वा प्रकृतिले मान्छेलाई मन र चेतना दिएको छ। त्यसमाथि बुद्धि र ज्ञान (प्रकाश) पनि दिएको छ। अब मन र बुद्धिमात्रै फिटेर मान्छे चेतना र ज्ञान (प्रकाश) लाई टटोल्दैन भने ऊ अवश्य चुक्छ। धेरै चुके। धेरै चुक्ने छन्।

परमात्मा वा प्रकृतिले हामीलाई मानवको रुपमा जन्म दिएर मजाक गरिरहेको छैन। यत्रो विशाल ब्रह्माण्डमा हाम्रो जीवन केवल पचास, साठी वर्षका लागि मात्रै पक्कै नभएर त्यो भन्दा विराट छ। कुनै महान उद्देश्यका खातिर उसले हामीलाई जन्माएको छ। परमात्माको आफूमाथिको त्यो उद्देश्य थाहा पाउनु नै ज्ञान हो। र तदनुरुप चल्नु नै कर्म हो। अब यहाँ अहिले त भ्रष्टाचारले ब्याप्त भएको पाठशालामा जिन्दगी घोट्नु ज्ञान भइदियो। अनि, भ्रष्टाचारको दलदलमा सरकारी नोकरी गर्नु कर्म भइदियो।
 
जीवनभर पदार्थ–पराकाष्ठाको होड चुमेकाहरु नै मर्ने बेलामा रोएका छन्। सबैभन्दा बढी थुपारेकाहरु नै मर्ने बेलामा ज्यादा तड्फडाएका छन्। बृक्षबाट फल पाकेर जमिनमा खसे जस्तै हो, मृत्यु। अब कति फल चिचिलामै झर्छन्। कोही काँचै झट्टीको मारमा पर्छन्। यो भने बेग्लै कुरा हो।

यदि फल पाकेर आँफै जमिनमा खस्छ भने त्यहाँ कुनै पीडा छैन। आनन्द छ। वृक्षलाई पनि र फललाई पनि। फल पाकेर स्वतः जमिनमा खस्नु एक अतिरेक हो। अमृतावस्था हो। अझ त्यो फलले उचित जमिन भेट्टाएर उम्रिनु र पुनः विशाल वृक्ष बन्नु एक चमत्कार हो।

जीवन चमत्कार हो, यसलाई पर्फम गर्नुपर्छ। जीवन रहस्य हो, यसलाई उजागर गर्नुपर्छ। 

जगतमा आफ्नो हेक्का हुनासाथ सबैले म को हुँ खोज्न थाल्नु पर्छ। आँखा बन्द गरेर निद्रा के हो थाहा पाउन थाल्नुपर्छ। निद्रा के हो भनेर जानिसक्दा मान्छेले मृत्युलाई पनि जानिसकेको हुन्छ। मृत्य महासागर हो भने निद्रा पानीको एउटा थोपा। 

अर्को कुरा, लगातारको स्वासप्रस्वास र रोज खाइएका खानाहरुले हामी भित्र एउटा विशेष अग्नि प्रज्वलित भइरहेको हुन्छ। के लगातार हामीलाई त्यसको हेक्का छ? के हामी पूरै शक्ति लगाएर आफ्नो सास फेरिरहेका छौं? ताकि हामी भित्रको त्यो विशेष अग्नि अति तेजोमय भएर बलिरहोस्?
***
चिकित्सकको निदान र आफ्नो जीवनभन्दा महान प्रकृति हो। तसर्थ, आफ्ना सारा अतृप्तता, असन्तुष्टि, आशक्ति, धन, दौलत, परिवार, सन्तान, आफूले जानेका विध्या वा झञ्झटहरु — अनि सब थोक प्रकृतिलाई अर्पित गरेको भावमा जगत कल्याणका लागि आफूले यस संसारमा अझै धेरै काम गर्नुछ भन्ने प्रण गरेर हरेक राति सुत्ने गरुन्। बगैंचामा गइ फक्रिएका रंगिचंगि फूलहरुसँग समय बिताउन्। (अस्पतालको बेडमा मात्रै झोक्राएर वा गनगन गरेर नबसून्।)​​​​​​​​​​​​​​
***
यसलाई एउटा गजबको उदाहरणले बुझौं :

कामीको खलाँतीले हाम्रो स्वासप्रस्वासले हामी भित्र कसरी अग्नि जलिरहेको हुन्छ भन्ने कुरालाई प्रस्ट बुझाउन सक्छ। एउटा कामीले जति जोरले खलाँती चलाउँछ उसको भूंग्रो त्यति नै तेजले बल्न पुग्छ। यदि ऊ खलाँती धिमा गतिले चलाउँछ भने, उसको भूंग्रो पनि मन्द हुन्छ। खलाँती नचलाए, भूंग्रो निभ्छ। अर्का तिर, खलाँती चलाएरमात्रै भएन, फलाम पोल्ने उसको त्यो भूंग्रोमा उचित दाउरा वा कोइलाको ब्यवस्था हुनु पनि अति नै जरुरी छ।

मेटाफोर के हो भने, हामीले फेर्ने सास कामीको लगातार चलिरहेको खलाँती हो। दाउरा वा कोइला भनेको हामीले खाने खाना वा समिधा हो।
 
यसप्रकार, हाम्रो रक्तमासीले बनेको शरीर हामीभित्र प्रज्वलित प्राण अग्निका कारण जीवित छ। सासको खलाँती तेज चले र उचित खाना खाए, प्राण अग्नि पनि मस्तले जाज्वल्यमान हुने छ। जुन दिन भित्र पर्याप्त अक्सिजन पुग्दैन, हाम्रो प्राण अग्नि पनि दियो निभे झैं निभ्ने छ! तसर्थ, संसारमा आँधीमा दियो बचाए जस्तै हो, जीवन। जोगाए यो जोगिन्छ। 

आजभन्दा दश महिना अघिको एक साँझ अचानक डा. उपेन्द्र देवकोटासँग उहाँकै न्यूरो अस्पतालमा विविध बात मार्ने अवसर जुरेको थियो। उनलाई सुन्दै जाँदा म उनको फ्यान नै हुन पुगेको थिएँ। एक पत्रकारका हैसियतले मैले उनलाई जीवनमा पहिलो पल्ट भेटेको थिएँ र, उनका कुराहरु सुनेर साँच्चै नै तिल्मिलाईरहेको थिँए। मलाई लाग्यो कि जति उनी रोगहरु निको पार्ने कुशल चिकित्सक हुन् त्यति नै समाजको रोग निको पार्ने विशेषज्ञ पनि हुन्। उनका धाराप्रवाह वक्तब्यहरु कुनै कुशल राजनेताका भन्दा कम थिएनन्। उनी कसरी धूजाधूजा भएको आफ्नो देशलाई पुनः सम्बृद्ध बनाउँन सकिन्छ भन्ने सन्दर्भमा लामालामा पोलिटिकल डिस्कोर्सहरु आविस्कार गरिहेका थिए। 

करीब दुई घण्टाको अवधिमा लगभग पैंतालिस मिनेट त उनले क्यामेरा खोल्नै नदिइ वार्मअप गफ गरे। देश बचाउन गर्नु पर्ने केही खतरनाक कदमहरु बारे उनी खुलेर बोलिरहेका थिए। उनका एक्स्ट्रिम थ्योरीहरु सुनेर मेरा आँखाहरु हठात् फराकिला हुन पुगेका थिए। धड्कन पनि तेज भएको थियो।

यो लेखको सार के हो भने डा. देवकोटाले अहिले मर्नु हुँदैन। उनले अब कम्तिमा दश वर्ष देशको सेवा गर्न बाँकी नै छ। उनको गुमेको इच्छाशक्ति पुनः बौरिने छ। उनले तत्काल चंगाई पाउने छन्। बश्, उनले आफ्नो खलाँती राम्रोसँग चलाएर र भूंग्रोमा ठिकसँग समिधा हवन गरेर आफ्नो प्राणाग्नीलाई निभ्न नदिउन्। लामा र गहिरा सास फेरेर निद्रा कसरी आउँदो रहेछ त्यो विचार गरुन्। बिहान निद्राले कसरी छोड्दोरहेछ, त्यसलाई नोटिस् गरुन। मनलाई विगतको अँध्यारोबाट बाहिर झिकून्। आफूलाई कुनै रोग लागेको छैन भन्ने आत्मसुझाव देऊन्। बिगतमा कुनै रोग लागेको भए पनि त्यो निको भइसकेको र वर्तमानमा आफू पूर्ण स्वस्थ भएको कल्पना गरुन्।

चिकित्सकको निदान र आफ्नो जीवन भन्दा महान प्रकृति हो। तसर्थ, आफ्ना सारा अतृप्तता, असन्तुष्टि, आशक्ति, धन, दौलत, परिवार, सन्तान, आफूले जानेका विध्या वा झञ्झटहरु — अनि सब थोक प्रकृतिलाई अर्पित गरेको भावमा जगत कल्याणका लागि आफूले यस संसारमा अझै धेरै काम गर्नुछ भन्ने प्रण गरेर हरेक राति सुत्ने गरुन्। बगैंचामा गइ फक्रिएका रंगिचंगि फूलहरुसँग समय बिताउन्। (अस्पतालको बेडमा मात्रै झोक्राएर वा गन्गन् गरेर नबसून्।)

डा. देवकोटाले यो याद राखून् कि शारीरिक होस् या मानसिक, कुनै पनि रोग फगत एक कल्पना हो। मान्छेको मनको कल्पना। र, अर्को कुरा, रोगले मार्ने होइन। भय, त्रास र चिन्ताले मार्ने हो। 

मानव शरीरलाई जोगाएर, जतन गरेर लामो समय टिकाउन सम्भव छ। तर, यसका लागि मानव सभ्यताले अहिलेका यी तमाम पदार्थका पराकाष्ठाहरुलाई डाइनामाइट ठोकेर ध्वस्त बनाइ पुनः प्राचीनतातर्फ फर्किनु अपरिहार्य छ।

शरीरको पुनरुत्थान र जीवनको अनन्ततामा विश्वास गर्नेहरु कहिल्यै मर्ने छैनन्। संसारले परिभाषित गरेको घाटेमृत्यु भन्दा पहिले नै त्यस्ता साधकहरुले महामृत्युको अनुभव गरिसकेका हुन्छन्। आफैंभित्रको महाअग्नि प्रज्वलित गरेर उनीहरु मृत्युपार भइसकेका हुन्छन्।  


मृत्यु र जीवन : सबैलाई बचाउने डाक्टर देवकोटाले किन खाए हार? को लागी २ प्रतिक्रिया(हरु)

Gaurav [ 2018-05-14 15:41:29 ]
— १ पटक सम्पादित
गीता पढेर रोग नलाग्ने भए किन यत्रा अस्पताल चाहियो?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Robin [ 2018-05-13 06:30:34 ]
— १ पटक सम्पादित
Hindi sabda haru dherai misiyo lekhma.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट