PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नेविसंघको नारा : 'केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी'



नेविसंघको नारा : 'केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी'

काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक प्रदर्शन थालेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लम्पसार परेको भन्दै मंगलबार नेवि संघले मंगलबार काठमाडौंका विभिन्न क्याम्पस अगाडि विरोध प्रर्दशन गर्दा काठमाडौँका मुख्य सडकहरुको ट्राफिक अस्तव्यस्त बन्यो।

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिने लगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध संघर्ष गर्नु परेको नेविसंघका नेताहरुले बताएका छन।

उनीहरुले सत्तारुढ भारतीय जनता पार्टीका सांसद सांसद कीर्ति आजादले जनकपुरलाई नेपालमा गाभ्नु पर्छ भनी दिएको अभिव्यक्तिको पनि विरोध गर्दै पुत्ला समेत जलाएका छन्।

राष्ट्रियता, प्रजातन्त्रमाथि धावा बोल्ने काम नगर्न भन्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध 'केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी,' 'नक्कली राष्ट्रवाद मूर्दावाद ' लगायत चर्का नाराबाजी समेत गरेका थिए।

हेर्नुस् भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell