PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

मध्यपुरका मेयरमाथि सांघातिक आक्रमण गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ


मध्यपुरका मेयरमाथि सांघातिक आक्रमण गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ
मेयर श्रेष्ठको फाइल फोटो
काठमाडौँ : मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गरेको आरोपमा प्रहरीले  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो बागबजारबाट कुशल बुढाथोकीलाई पक्राउ गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।  उनी विप्लवको पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी हुन्। 

गत वैशाखको पहिलो साता नगरपालिकाका मेयरमाथि सांघातिक आक्रमण भएको थियो। 

२२ दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै प्रधानमन्त्रीको दल नेकपा एमालेका सांसदले सोमबार संसदमै गृहमन्त्रीको समेत आलोचना गरेका थिए। 

त्यसको भोलिपल्टै घटनासँग सम्बन्धित एक जना पक्राउ परेका हुन्। 

 


मध्यपुरका मेयरमाथि सांघातिक आक्रमण गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट