PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

किलोको एक रुपैयाँमा पनि बिकेन गोलभेंडा : दुई लाख रुपैयाँको खेतमै कुहियो



किलोको एक रुपैयाँमा पनि बिकेन गोलभेंडा : दुई लाख रुपैयाँको खेतमै कुहियो
फाइल फोटो

कञ्चनपुर: ऋण लिएर गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन्। 

ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन्। रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउँछन्। 

“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उनले भने। गोलभेँडा खेतमा लटरम्म फलेको छ। खेतमै कुहिने अवस्था छ। आफ्नो खेतमा रु एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए। 

गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ। 

गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी मारमा परेकी छिन्। गतवर्ष गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी गर्नुभएका चौधरी यसवर्ष मुश्किलले रु ३० हजार मात्रै कमाई भएको बताइन्। दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको उनले बताइन्। 

यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहुँदा रु पाँच लाखभन्दा बढीको घाटा भएको छ। शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताए। 

“तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,” उनले भने। भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell