PahiloPost

Oct 2, 2024 | १६ असोज २०८१

गृह मन्त्रालयमा प्रधानमन्त्री ओली : गाउँपालिकासम्मै गणतन्त्र दिवस मनाउने व्यवस्था गर्न निर्देशन



गृह मन्त्रालयमा प्रधानमन्त्री ओली : गाउँपालिकासम्मै गणतन्त्र दिवस मनाउने व्यवस्था गर्न निर्देशन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्‍याउनु पर्ने बताएका छन्। गणतन्त्र दिवस मुल समारोह समितीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्।
 
गणतन्त्रलाई सरकारी दिवस जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। 'गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो,' प्रधानमन्त्री ओलीले भने, 'यो दिवस गाउँपालिकासम्म नै मनाउनु व्यवस्था गर्नुपर्दछ।'

लामो संघर्षबाट गणतन्त्र आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मँदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए।

ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो बर्ष गणतन्त्र दिवसको सार्वजनिक विदा कटौति गरिएको बताए। 'विदा बसेर मात्र गणतन्त्र मनाइने होइन,' प्रधानमन्त्री ओलीले भने, 'कार्यलय समय बाहिरको समयमा दिवस मनाऊँ। कार्यालय समयमा काम गरौं।'

दिवसका दिन व्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए। 'गणतन्त्रका बिषयमा कोही कसैलाई कुनै भ्रम हुनसक्छन्' प्रधानमन्त्री ओलीले भने, 'त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ।'

कार्यक्रममा जेठ १५ गते मनाइने टुँडिखेलमा मनाइने गणतन्त्र दिवसको शैली पनि परिमार्जन गर्नु पर्ने प्रस्तावसमेत ओलीले पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell