PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लोकगायकको प्रस्तुतिमा गुजरातमा नोटको वर्षा : रुपैयाँ गन्न मेसिन नै मगाउनुपर्‍यो



लोकगायकको प्रस्तुतिमा गुजरातमा  नोटको वर्षा : रुपैयाँ गन्न मेसिन नै मगाउनुपर्‍यो
फोटो: khaskhabar.com

अहमदावाद: भारतको गुजरातस्थित वलसाड जिल्लामा भएको लोकभजन कार्यक्रममा उपस्थित दर्शकले प्रस्तुति दिइरहेका गायकलाई खुसीले प्रशस्तै रुपैयाँ दिएका छन्। यही कार्यक्रमको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

रुपैयाँ एक दुइ लाख होइन, ५० लाख भएको खासखबरले जनाएको छ। रुपैयाँ गन्नका लागि मेसिनको सहारा लिनुपरेको थियो। १० देखि १००० सम्मका वर्षिएको रुपैयाँ जम्म गर्नेको पसिना छुटिरहेको भिडियोमा देख्न सकिन्छ। 

किन यति धेरै कसरी जम्म भयो त? उक्त कार्यक्रम एक ट्रस्टका लागि एम्बुलेन्स किन्ने रकम उठाउनका लागि गरिएको थियो। जलाराम मानव सेवा ट्रस्टका लागि वलसाडको एक गाउँका पञ्च आशीष पटेलले आयोजना गरेको कार्यक्रममा पैसा जम्मा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell