PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माडुरो भनेजुयलाको राष्ट्रपतिमा पुनः निर्वाचित



माडुरो भनेजुयलाको राष्ट्रपतिमा पुनः निर्वाचित
फोटो : AFP

भनेजुयलाका राष्ट्रपति निकोलस माडुरो पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन।  मुख्य विपक्षीको बहिस्कार र विरोधबीच भएको मतदानमा उनी ६ बर्षे कार्यकालमा लागि पुन: निर्वाचित भएका हुन्। 

मुख्य विपक्षी उम्मेदवार, हेनरी फाल्कनले परिणाम बाहिरिएपछि त्यसलार्इ अस्वीकार गर्दै यस निर्वाचन प्रक्रियालाई नमान्ने र भेनेजुएलामा नयाँ निर्वाचनको माग गरेका छन्।

उता निकोलस माडुरोले जितपछि विजय सभालार्इ सम्बोधन गर्दै भने, 'म एक राम्ररी तयार भएको राष्ट्रपति र मानव हुँ।' लगातार चार कार्यकालमा आफुलार्इ विजयी बनार्इ विश्वास गरेकोमा उनले सबैलार्इ धन्यवाद दिएका छन्।

९० प्रतिशत मतगणना भैसक्दा माडुरोले  ६७.७ प्रतिशत मत ल्याएका छन् भने, हेनरी फाल्कनले २१.२ प्रतिशत मत ल्याएको भनेजुयलाका राष्ट्रिय चनाव परिषदले जनाएको छ। 

राष्ट्रिय चुनाव परिषदका अध्यक्ष टिबिसे लुकेनालका अनुसार  कुल ४६ प्रतिशत भेनेजुयाली निर्वाचनमा भाग लिएका थिए। 

पहिले निर्वाचन डिसेम्बर २०१८ मा राखिएको थियो,  तर माडुरोका समर्थक भएका राष्ट्रिय संविधान सभाले  निर्वाचन यही महिनामा तोक्यो। विपक्षी डेमोक्रेटिक युनियन गठबन्धनले भने, गठबन्धन भित्र विभाजनको फाइदा उठाउन निर्वाचन तोकिएको मितिभन्दा अघि सारेको आरोप लगाएको छ।

उता अमेरिकाले उक्त निर्वाचनलार्इ लोकतन्त्रको अपमान भन्दै मत परिणाम मान्य नहुने जनाएको छ। 
अमेरिकी विदेश मन्त्री माइक पोम्पेले झुटो निर्वाचनले केही परिवर्तन नहुने भन्दै भेनेजुयाली जनताले आफ्नो देश आफैले संचालन गर्नुपर्ने तर्क गरेका छन्।  

माडुरोलेले सन् २०१३ मा ह्युगो चाबेजपछि सत्ता सम्हालेका थिए।  अब उनको कार्यकाल २०२५ सम्म हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell