PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कङ्गोमा ईबोला भ्याक्सिन अभियान शुरु



कङ्गोमा ईबोला भ्याक्सिन अभियान शुरु
फोटो : CNN

कङगोको मोन्डाकामा शहरमा विनाशकारी इबोला भाइरस फैलिनबाट रोक्न सोमवारदेखि एक प्रयोगात्मक इबोला भ्याकेसिन वितरण गर्न शुरू गरिने भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार इक्वेटिर प्रान्तको राजधानी मोन्डाकाका स्वास्थ्य कर्मचारीहरू र १२ लाख मानिसहरूले यो भ्याक्सिन प्राप्त गर्ने गर्नेछन।

पछिल्लो हप्ता मोन्डाकामा भाइरस अपेक्षा भन्दा बढी फैलिन सक्ने भन्दै पहिलो पटक पुष्टि भएपछि चिन्ता बढेको हो। अहिलेसम्म, प्रकोपका कारण २६ व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

आरवीएसवी-जेबेभ नामक भ्याक्सिन पहिलो पटक ८ हजार देखि १० हजार व्यक्तिहरुलाई वितरित गरिने डब्ल्यूएचओकी आपतकालीन तयारी र प्रतिक्रिया विभागकी डेप्युटी निर्देशक-जनरल पीटर सलामाले बताएका छन्। 

उक्त भ्याक्सिन इबोला संक्रमित  व्यक्तिहरुको सम्पर्कमा रहेका व्यक्ति र उनीहरुसँग सम्पर्कमा  रहेका व्यक्तिहरूलाई दिइने बताइएको छ। 

२०१४ मा पश्चिम अफ्रिकामा फैलिएको महामारीमा ११ हजारभन्दा बढीको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell