काठमाडौं: बुधबार प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले सम्पतती विवरण सार्वजनिक गरेका छन्।
यसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर (जेबी) सुनारले आफूसँग २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन्।
आफ्नो नाममा नविल बैंकमा रहेको १३ लाख पारिवारिक आम्दानी बचत रहेको तथा अन्जु कुमार विश्वकर्माको नामम सोही बैंकमा रहेको रकम तलव, पेवा र सहयोगबाट आएको उल्लेख गरेका छन्।
यस्तै हुम बहादुर बडालाई २०७४ साल चैतमा ५ लाख ऋण दिएको उल्लेख गरेका छन्।
यस्तै गरगहनामा २०५७ सालदेखी अहिलेसम्म गरेर करिब ५० तोला सुन रहेको उल्लेख छ। जुन पैतिक, श्रीमतीलाई प्राप्त पेवा र उपहारसमेत रहेको जनाएका छन्।
यसैगरी जेबी सुनारले आफ्नो सम्पतीमा कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर १९ मा २०३६ साल देखि बसोबास गर्दै आएको घर उल्लेख गरेका छन्। २-१३-०-२ क्षेत्रफलमा रहेको उक्त घर डिल बहादुर सुनारको नाममा छ।
यस्तै डिल बहादुर सुनारकै नाममा लेखनाथ महानगरपालिकामा १४ हजारमा खरिद गरेको पैत्रिक जग्गा रहेको छ भने श्री महेन्द्र मावीको ३ कोठे भवन निर्माण गरेवापत पाएको ४ रोपनी जग्गा रहेको समेत उल्लेख छ। यस्तै सावित्री सुनारको नाम ललितपुर उपमहानगरपालिकामा जग्गा रहेको उल्लेख छ।
डिल बहादुर सुनारकै नामम कृषी विकास बैंकमा साधारण शेयर वापत ४ हजारको संख्यामा ४ हजार रकम रहेको उल्लेख गरेका छन्।